झापाको निषेधाज्ञा साउन ३२ सम्म लम्बियो

,   लिम्बुवान न्युज
                       

झापा, २२ साउन।  कोरोना संक्रमितको ग्राफ निरन्तर बढेसंगै जिल्ला प्रशासन कार्यालय झापाले एकसाताका लागि फेरि जारी निषेधाज्ञा अवधि बढाएको छ ।

आज शुक्रवार जिल्लास्थित कोभिड व्यवस्थापन समितिका संयोजक श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले साउन २३ गते मध्यरातदेखि साउन ३२ गतेराति मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको जारी सूचनामा जनाइएको छ ।

बैठकले पूर्वी नाका काँकरभिट्टाबाट विदेशी नागरिक प्रवेश स्थगन गर्ने तथा नेपाल भारत खुल्ला सीमाना रहेको झापाका अन्य गौडाबाट प्रवेशमा पूर्ण रोक लगाउने, पूर्वी नाकाबाट प्रवेश गर्ने स्वदेशी नागरिकको हकमा एन्टिजेन विधिबाट स्वास्थ्य परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आए अवस्था हेरेर आइसोलेसन केन्द्र वा थप उपचारका लागि मेची अस्पताल लैजाने र झापा बाहेकका जिल्लाको हकमा आवश्यक समन्वय गरी गन्तव्यतर्फ पठाउने निर्णय गरेको छ ।

बैंक तथा वित्तिय संस्थाले न्यूनतम कर्मचारी राखेर आलोपालो मिलाई हप्तामा ३ दिनमात्र सञ्चालन गर्नुपर्ने निर्णय गरेको बैठकले खाद्यान्न, फलफूल, दूध तथा दैनिक आवश्यक सामग्री तथा कृषिजन्य उत्पादनमा प्रयोग गरिने मलखाद, बिऊ–विजन खरिदको समयमा भने १ घण्टा बढाएर विहान ६ बजेदेखि ९ बजेसम्म पुरयाँएको छ । यस अघि ६ बजेदेखि ८ बजेसम्म मात्र तोकिएको थियो ।

स्वास्थ्य मापदण्ड अपनाएर राजमार्गमा सार्वजनिक सवारी सञ्चालन गर्न पाउने निर्णय गरेको बैठकले निश्चित स्टेशनभन्दा सवारी रोक्न नपाउने निर्णय गरेको जनाइएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;