तामाङसालिङ मञ्चद्वारा हिरासतमा हत्या भएका तामाङको हत्यारालाई कार्वाही गर्न माग

 लिम्बुवान न्युज
                       

काठमाडौं। इलाका प्रहरी कार्यालय बाह्रबिसेमा प्रहरी हिरासतमै खडग बहादुर तामाङको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै संघीय तामाङसालिङ मञ्चले शनिबार विज्ञप्ति जारी गरेको छ ।

सिन्धुपाल्चोक थागाम निवासी २५ बर्षीय तामाङलाई चोरीको आरोपमा पक्राउ गरी प्रहरी हिरासत मै मृत्यु भएपछि मञ्चले आपत्ती जनाउँदै विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा निज तामाङको अचानक मृत्यु भएको भन्दै सत्यतथ्य छानविन गरि दोषीलाई कडाभन्दा कडा सजाय दिनु पर्ने उल्लेख गरिएको छ । मृतकसँगै हिरासतमा रहेका अन्य व्यक्तिहरुका अनुसार अन्दाजी राती १ बजे प्रहरीले तामाङलाई हिरासत बाहिर लगेर दुई घण्टापछि पुनः हिरासतमा ल्याइएको बताएका छन् ।

मृतकलाई बढी यातना दिईएको हुँदा स्वाश फेर्न समेत नसक्ने अवस्थामा हिरासतमा ल्याई उपचारको लागि लैजादै गर्दा बाटैमा मृत्युभएको थियो । उनलाई शारीरिक यातना दिई शरीर भरी निलडाम समेत रहेको हुँदा प्रहरी प्रशासनबाट बढी यातना भएको भन्दै मञ्चले प्रहरीको भत्र्सना तथा निन्दा गरेको छ ।

प्रशासनले तामाङ समुदायमाथि हिजो देखि नै दमन गरिएको भन्दै सम्पूर्ण तामाङहरु गम्भीर हुन समेत मञ्चले आग्रह गरेको छ । मञ्चले उक्त प्रहरी कार्यालयका इन्चार्जलाई तत्काल कारवाही गर्न समेत माग गरेको छ भने सो कार्यालयमा यातना दिने सम्पूर्ण प्रहरी प्रशासनलाई तुरुन्त पक्राउ गरी कानूनी कारवाही गर्न समेत सरकारसँग माग गरेको छ ।

मञ्चका अध्यक्ष मिङमार लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा राज्यको दमन प्रति सम्पूर्ण आदिवासी जनजाति, दलित, खस, थारु समुदायहरु गोलबद्ध हुन समेत आव्हान गरेका छन् ।

विज्ञप्ती हेर्नुहाेस्ः

 

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;