तामाङसालिङ मञ्चद्वारा हिरासतमा हत्या भएका तामाङको हत्यारालाई कार्वाही गर्न माग

 लिम्बुवान न्युज
                       

काठमाडौं। इलाका प्रहरी कार्यालय बाह्रबिसेमा प्रहरी हिरासतमै खडग बहादुर तामाङको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै संघीय तामाङसालिङ मञ्चले शनिबार विज्ञप्ति जारी गरेको छ ।

सिन्धुपाल्चोक थागाम निवासी २५ बर्षीय तामाङलाई चोरीको आरोपमा पक्राउ गरी प्रहरी हिरासत मै मृत्यु भएपछि मञ्चले आपत्ती जनाउँदै विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा निज तामाङको अचानक मृत्यु भएको भन्दै सत्यतथ्य छानविन गरि दोषीलाई कडाभन्दा कडा सजाय दिनु पर्ने उल्लेख गरिएको छ । मृतकसँगै हिरासतमा रहेका अन्य व्यक्तिहरुका अनुसार अन्दाजी राती १ बजे प्रहरीले तामाङलाई हिरासत बाहिर लगेर दुई घण्टापछि पुनः हिरासतमा ल्याइएको बताएका छन् ।

मृतकलाई बढी यातना दिईएको हुँदा स्वाश फेर्न समेत नसक्ने अवस्थामा हिरासतमा ल्याई उपचारको लागि लैजादै गर्दा बाटैमा मृत्युभएको थियो । उनलाई शारीरिक यातना दिई शरीर भरी निलडाम समेत रहेको हुँदा प्रहरी प्रशासनबाट बढी यातना भएको भन्दै मञ्चले प्रहरीको भत्र्सना तथा निन्दा गरेको छ ।

प्रशासनले तामाङ समुदायमाथि हिजो देखि नै दमन गरिएको भन्दै सम्पूर्ण तामाङहरु गम्भीर हुन समेत मञ्चले आग्रह गरेको छ । मञ्चले उक्त प्रहरी कार्यालयका इन्चार्जलाई तत्काल कारवाही गर्न समेत माग गरेको छ भने सो कार्यालयमा यातना दिने सम्पूर्ण प्रहरी प्रशासनलाई तुरुन्त पक्राउ गरी कानूनी कारवाही गर्न समेत सरकारसँग माग गरेको छ ।

मञ्चका अध्यक्ष मिङमार लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा राज्यको दमन प्रति सम्पूर्ण आदिवासी जनजाति, दलित, खस, थारु समुदायहरु गोलबद्ध हुन समेत आव्हान गरेका छन् ।

विज्ञप्ती हेर्नुहाेस्ः

 

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...