मुमिता बनिन् विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता

 लिम्बुवान न्युज
                       

  • बालकुमार ताम्ली

विजयपुर, २४ साउन। प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१को विजेता तेह्रथुमकी मुमिता तेयुङ भएकी छन् । उनीे अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै विजेता भएकी हुन् ।

चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका फोटो प्रतियोगितमा धरान १८ मा बस्दै आउनुभएकी तेह्रथुमकी तेयुङले सबै भन्दा बढी मत प्राप्त गरेकी थिइन् ।

शुक्रबार धरानमा एक कार्यक्रम आयोजना गरि याक्थुङ लिम्बु समुदायको लोकप्रिय पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)को अवसरमा उद्योगको फेसबुक लाइभमार्फत् घोषणा गरिएको नतिजामा उनले सबैभन्दा धेरै लाइक् र सेयर प्राप्त गरेकी थिइन् ।

विजेता तेयुङले नगद २५ हजार हात परेकी छन् भने अन्य थुप्रै पुरस्कार जितेकी छन् । यसरी नै द्वित्तीय भएकी धरानका निङ्वासाङ्मा इङ्नामले २० हजार हात पारेकी छन् भने तेस्रो भएकी धरानकै रोजानी तेयुङले १५ हजार बराबरको ढाका पोशाक पाएकी छन् । प्रतियोगिहरुले प्रमाणपत्रले समेत सम्मान गरिएको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट फोटोग्राफीको अवार्ड भने सिक्किमका कर्णहाङ सुब्बाले हात पारेका छन् । विजेताहरूलाई आयोजक संस्था उद्योगकी प्रोप्राइटर यमुना तुम्सा सङ्यक र विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका चोत्लुङ अर्वाड विजेता पेपराज माबुहाङले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै आयोजक संस्थाकी सदस्य नुमा तुम्साले संस्कृतिक र मौलिक ढाकाका पहिरन साथै उत्पादनलाई प्रवर्दन गर्दै जातीय साँस्कृतिक पहिचानप्रति जागरण ल्याउन प्रतियोगितनुा आयोजना गरिएको बताइन् ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...