
-
तस्वीरः प्रधानमन्त्रीकाे सचिवालय
काठमाडौं। गठबन्धन सरकारले साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले आगामी चैतसम्म सबै नेपालीलाई कोरोना खोप दिई सकिने पनि कार्यक्रममा समावेश गरेको छ ।
आज गठबन्धन सरकारले साझा कार्यक्रम सार्वजनिक गर्दै चैतमसान्त भित्र सबैलाई निशुल्क रूपमा कोरोना खोप दिइने घोषणा गरेको हो ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव साथै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक एकसाथ आज सार्वजनिक गरेको छ ।
सिंहदरबारमा आयोजित सार्वजनिक कार्यक्रममा सरकारका मन्त्रीहरू उच्च पदस्थअधिकारीहरुको पनि उपस्थिति रहेको थियो । सरकारको साझा कार्यक्रम बारे कार्यदलका संयोजकसमेत रहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए । खड्काका अनुसार संयुक्त सरकारको साझा न्युनतम कार्यक्रमको मुख्य एजेण्डा भनेको नै चैतसम्ममा सबै जनतालाई निःशुल्क रूपमा कोरोना खोप दिने उल्लेख रहेको बताए ।
यस्तै साझा कार्यक्रममा नेपालमै कोरोना खोप उत्पादनको लागि सम्भावित अध्ययन गर्ने, नेपालको सिमानामा देखिएको समस्यालाई कुटनीतिक पहल गरि समाधान गर्ने । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने त्यसैगरी ओली सरकारका पालामा भएको स्वास्थ्य सामाग्री खरिद अनियमितता बारे छानविन गर्ने लगायत विषयहरु साझा कार्यक्रममा मुख्य वँुदाको रुपमा समावेश गरिएको छ ।