सहकारीद्वारा मृत्यु भएका शेयरसदस्यहरुलाई आर्थिक सहयोग प्रदान

 लिम्बुवान न्युज
                       

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ५ मा रहेको माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाले मृत्यू भएका आफ्ना सेयर सदस्यका परिवारलाई जनही पाँच हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सहकारी संस्थाका अध्यक्ष राजेन्द्र विक्रम खजुमका साथै सञ्चालक समितिको पदाधिकारी तथा सदस्यहरुले मृतकको घरघरमा पुगेर परिवारलाई आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।

मृत्यू भएका सेयर सदस्य माङसेबुङ ५ का टेकबहादुर लावती, धनमाया साङपाङ राई, राजेन्द्र प्रसाद आङदेम्बे, सन्तकुमार केदेम र चित्रमाया लिङदमका परिवारलाई सो रकम प्रदान गरिएको सहकारीका व्यावस्थापक चनहाङ् सेर्माले बताए ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...