राई ईज किङग र सिर्जना जवेगुको स्वरमा ‘पालाम भाकैमा’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक । चर्चित गायक राई ईज किङग् राजेश पायल राई र गायिका सिर्जना जवेगुको सुमधुर आवाजमा पुर्वेली भाकामा सजिएको गीत ‘पालाम भाकैमा’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

लोकप्रिय गीतकार नेम खापुङको शव्द संकलनमा लोकप्रिय गायक तथा संगीतकार कृष्णभक्त राईको लय संकलन तथा संगीत संयोजन रहेको पुर्वेली गीत ‘पालाम भाकैमा’ स्टुडियो भिडियोलाई गायीका सिर्जना जवेगुको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

दलनारायण खापुङको निर्माणमा तयार पारिएको पूर्व लिम्बूवानमा अवस्थित लिम्बू भाषा, पालाम भाका, मुन्धुम र संस्कृतिमा आधारित ऐतिहासिक स्थलहरु तथा संस्कृतिको बयान गरिएको पुर्वेली गीतको स्टुडियो भिडियो छायाँकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् ।

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई पदम राजन मगरले रेकर्डिङ गरेका हुन भने मिक्सिङ मुस्कान मुकारुङ राईले गरेका हुन् । भिडियोमा थोक्फेला गार्मेन्ट प्रालिको पहिरन रहेको छ । लिम्बुवान र खम्बुवानका लुङाहरुको माया प्रेमलाई श्रृंगारिक ढंगबाट शब्द समायोजन गरिएको पालाम भाकैमा सजिएको छ ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...