राई ईज किङग र सिर्जना जवेगुको स्वरमा ‘पालाम भाकैमा’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक । चर्चित गायक राई ईज किङग् राजेश पायल राई र गायिका सिर्जना जवेगुको सुमधुर आवाजमा पुर्वेली भाकामा सजिएको गीत ‘पालाम भाकैमा’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

लोकप्रिय गीतकार नेम खापुङको शव्द संकलनमा लोकप्रिय गायक तथा संगीतकार कृष्णभक्त राईको लय संकलन तथा संगीत संयोजन रहेको पुर्वेली गीत ‘पालाम भाकैमा’ स्टुडियो भिडियोलाई गायीका सिर्जना जवेगुको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

दलनारायण खापुङको निर्माणमा तयार पारिएको पूर्व लिम्बूवानमा अवस्थित लिम्बू भाषा, पालाम भाका, मुन्धुम र संस्कृतिमा आधारित ऐतिहासिक स्थलहरु तथा संस्कृतिको बयान गरिएको पुर्वेली गीतको स्टुडियो भिडियो छायाँकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् ।

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई पदम राजन मगरले रेकर्डिङ गरेका हुन भने मिक्सिङ मुस्कान मुकारुङ राईले गरेका हुन् । भिडियोमा थोक्फेला गार्मेन्ट प्रालिको पहिरन रहेको छ । लिम्बुवान र खम्बुवानका लुङाहरुको माया प्रेमलाई श्रृंगारिक ढंगबाट शब्द समायोजन गरिएको पालाम भाकैमा सजिएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...