आज २७औं विश्व आदिवासी दिवसः विश्वमा एकै साथ मनाइदै

 लिम्बुवान न्युज
                       

काठमाडौं, २५साउन । आज अगष्ट ९ तारिख २७औं विश्व आदिवासी दिवस संसारका आदिवासीहरुले ‘कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ भव्य रुपमा मनाउँदै छन् ।

यसै क्रममा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्नुहुने सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना दिदै प्रधानमन्त्रीले दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई सम्बोधन गर्दै संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन् ।

नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठन १६९ को प्रावधानलाई अनुमोदन गरिसकेको र सो अनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको रहेको छ ।

नेपालमा पछिल्लो समय आदिवासीहरुमा सांस्कृतिक पुनःउत्थान भएतापनि भाषिक, राजनीतिक, संघीयता र सह–अस्तित्वको मुद्दामा कमजोर हुँदैगएको विश्लेषणहरु हुँदै आएको छ । आदिवासीहरुको मागहरु नारामै सिमित भएको भन्ने आवाजहरु समेत गुन्जन थालेको हुँदा नेपाल आदिवासी जनजाति महासंघले यस प्रति सचेतनामूलक कार्यक्रमहरु गर्दै अघि बढ्नु पर्ने आदिवासी विश्लेषकहरुको भनाई रहेको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...