जसपा अध्यक्ष ठाकुर लगायत १६ कार्यकारिणी सदस्य अव साधारण सदस्य मात्र

 लिम्बुवान न्युज
                       

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निकाल्न गरेको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । ५१ सदस्यीय कार्यकारिणी समिति रहेको जसपामा अब ३५ जना कार्यकारिणी सदस्यको नाम मात्र अद्यावधिक गरिएको हो ।

यहि साउन ११ गते आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको कार्यकारिणी समितिको अद्यावधिक गर्न आयोगमा पत्र पठाएका थिए ।

अब अर्का अध्यक्ष ठाकुरको अध्यक्ष समेत स्वत समाप्त भएको छ भने उनीसँगै रहेका १६ जना कार्यकारिणी सदस्यहरु जसपाको साधारण सदस्यमात्रै रहने भएको छ ।

सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जसपाको निर्णयलाई अद्यावधिक गरिएको जनाएका छन् ।

निर्वाचन ऐनको ‘दफा–५१ बमोजिम हेरफेर अद्यावधिक गरिएको हो । त्यो सबै नियम अनुसार गरेको हो,’ आयुक्त थपलियाले भनेका छन् ।

यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ । आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट गर्दा यादव पक्षमा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाम पनि केन्द्रीय कार्यकारिणी समितिमा रहेका छन् ।

एक नेताका अनुसार पार्टीको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । महन्थ ठाकुरलाई अध्यक्षबाट हटाएपछि के गर्ने भन्नेबारे पार्टीमा अझै छलफल भइसकेको छैन । पार्टीको साधारण सदस्य कायम नै रहेको हुँदा हाल संसद पद यथावत रहने यद्यपी वहाँहरुले ४० प्रतिशत संसद र कार्यकारिणी समिति नपु¥याई नयाँ दल दर्ता गर्नुभयो भने संसद पद स्वत जानेछ ।

भदौ १ र २ मा केन्द्रीय समितिको बैठक

जसपाले भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । यो बैठकमा भदौदेखि मंसिरसम्म चार महिने संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव समेत पेश गर्ने बताइएको छ ।

पार्टीको विधानमा केन्द्रीय समिति ८०० सदस्यीय हुने भनिएपनि हाल ७७९ जना मात्र रहेका छन् । त्यसमा ५०० भन्दा बढी केन्द्रीय सदस्यहरु पार्टीको मुल धारमा आएको जसपाका नेताहरुको जिकीर रहेको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;