झण्डै ५ हजारमा कोरोना संक्रमण पुष्टिः ३५ को लियो ज्यान

,   लिम्बुवान न्युज
                       

काठमाडौं, २६ साउन। पछिल्लो २४ घण्टामा नेपालमा झण्डै ५ हजारमा कोरोना संक्रमण भएको छ । सोमबार नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथाङ्क अनुसार पीसीआर परीक्षणबाट ३ हजार १९४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टाको अवधिमा कुल १३ हजार २१७ पीसीआर र ५ हजार ९०६ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।

आजसम्ममा देशभररुमा ३७ हजार ३३२ संक्रिय संक्रमित रहको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकमा छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;