केर्खा देवीझोड़ामा युवा समूह गठन

,   लिम्बुवान न्युज
                       

  • बसन्त राज सुब्बा

दमक, २६ साउन । झापाको कमल ३ देवीझोड़ामा युवा समूह गठन भएको छ । सोमबार त्यहाँका सक्रिय युवाहरुको उपस्थितिमा देवीझोडा युवा समूह गठन भएको हो ।

सो भेलाले गाउँको विकास, सामाजिक सेवा र आपसमा आई परेको समस्याहरु समाधान गर्न एकजुट हुने उद्देश्यका साथ देवीझोडा क्षेत्रलाई समेट्ने गरी उत्तरमा बोहोरा टोल देखि दक्षिणमा बगाने टोलको पैनी किराना र पूर्व कमल खोला देखि पश्चिममा प्रगति चौकसम्म भित्रको क्षेत्रका यूवाहरु एकजुट भएका हुन् ।

स्थानीय युवा युवराज गिरीको अध्यक्षतमा गठित समितिमा उपाध्यक्ष हेम बहादुर भण्डारी, सचिब सन्तोष लिम्बु, सह–सचिब सर्मिला भट्टराई र कोषध्यक्ष दुर्गा थापा रहेका छन् भने सदस्यहरुमा सुरोज लिम्बु, उदप विश्वकर्मा, तोया घिमिरे, सञ्जय तामाङ्, छवि ढकाल र गंगा ढकाल लगायत रहेका छन् । क्रमशः त्यस क्षेत्रका प्रवासमा रहेका युवाहरुलाई पति समितिमा समेट्ने वताइएको छ ।

देवीझोड़ा युवा समूह गठन कार्यक्रमलाई सामाजिक व्यक्तित्व बिरेन्द्र कुमार याक्थुङबा सुवास र केराधाप युवा समूहका पूर्व सचिव बसन्त राज सुब्बा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;