दमक, २६ साउन । झापाको कमल ३ देवीझोड़ामा युवा समूह गठन भएको छ । सोमबार त्यहाँका सक्रिय युवाहरुको उपस्थितिमा देवीझोडा युवा समूह गठन भएको हो ।
सो भेलाले गाउँको विकास, सामाजिक सेवा र आपसमा आई परेको समस्याहरु समाधान गर्न एकजुट हुने उद्देश्यका साथ देवीझोडा क्षेत्रलाई समेट्ने गरी उत्तरमा बोहोरा टोल देखि दक्षिणमा बगाने टोलको पैनी किराना र पूर्व कमल खोला देखि पश्चिममा प्रगति चौकसम्म भित्रको क्षेत्रका यूवाहरु एकजुट भएका हुन् ।

स्थानीय युवा युवराज गिरीको अध्यक्षतमा गठित समितिमा उपाध्यक्ष हेम बहादुर भण्डारी, सचिब सन्तोष लिम्बु, सह–सचिब सर्मिला भट्टराई र कोषध्यक्ष दुर्गा थापा रहेका छन् भने सदस्यहरुमा सुरोज लिम्बु, उदप विश्वकर्मा, तोया घिमिरे, सञ्जय तामाङ्, छवि ढकाल र गंगा ढकाल लगायत रहेका छन् । क्रमशः त्यस क्षेत्रका प्रवासमा रहेका युवाहरुलाई पति समितिमा समेट्ने वताइएको छ ।
देवीझोड़ा युवा समूह गठन कार्यक्रमलाई सामाजिक व्यक्तित्व बिरेन्द्र कुमार याक्थुङबा सुवास र केराधाप युवा समूहका पूर्व सचिव बसन्त राज सुब्बा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।