अमेरिकामा २७औं विश्व आदिवासी दिवसको अवसरमा फिप्ना भलिबल तथा फूटबल प्रतियोगिता सम्पन्न

 लिम्बुवान न्युज
                       

क्यलिफोर्निया । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले २७ औँ ‘विश्व आदिवासी दिवस २०२१’ को अवसरमा फिप्ना भलिबल तथा फुटबल कप प्रतियोगिता सम्पन्न भएको छ । आयोजकका अनुसार न्यूयोर्कको क्वीन्स व्रिज पार्कमा अगष्ट ७ देखि ८ सम्म आयोजना भएको उक्त प्रतियोगिता हालसम्मकै सर्वाधिक ठूलो पुरस्कार राशीको हो ।

१४ टिम सहभागी भलिबल खेलको बिजेता नेपस्टार डालस टेक्सास भएको छ भने तमु गुरूङ सोसाइटी उपविजेता बनेको छ । यस्तै फुटबल तर्फ १८ टिम सहभागी भएका थियो । फुटबलको उपाधीभने न्यूयोर्क फुटबल क्लबले जितेको छ । त्यसैगरी याक फुटबल क्लबले उपविजेतामा चित्त बझुाएको थियो ।

विजेता भलिबल र फूटबल टिमले क्रमश प्रथम पुरस्कार नगद ५ हजार, कप, मेडल तथा प्रमाणपत्र पाएका छन् भने र उपविजेता टिमहरुले ३ हजार अमेरिकन डलर कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

फिप्ना फूटबल खेल संयोजक तथा व्यवस्थापन संयोजक सुमन थाम्सुहाङ तथा सहसंयोजकहरूमा वाङला लामा, कुमार शेरचन, अजित गुरूङ, सेहाङ नेम्बाङ र बुद्वी गुरूङ रहेका थिए ।

त्यस्तै गरी भलिबल खेलको संयोजक याम पुन र सह संयोजकहरूमा क्रमशः हरी राना, जित गुरूङ, मन प्रसाद रोक्का, पासांङ लामा, ईन्द्र थापा, सुजल छन्त्याल, दिप ब रानामगर र विकास घर्तीमगर रहेको सचिवालयले काम गरेको थियो ।

दुई दिनसम्म सन्चालन भएको फिप्ना कप २०२१ ले नेपाली अमेरीकन समुदायमा युवा तथा खेलकुदको माध्यम मार्फत नेपाली अमेरीकन पहिचान स्थापित गराउने अभियान रहेको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरीकन अध्यक्ष लोक चेम्जोङ्ले बताएका छन् ।

फिप्ना कप २०२१ लाई न्यूयोर्क राज्य सभा सदस्यमा. जेनिफÞर राजकुमार, नेपाली महावाणिज्य दुतावासका का.व. महावाणिज्य दुत विष्णु प्रसाद गौतम, ब्रुक्लिङ बोरो प्रेसिडेण्ड एरिक एडम, एनआरएन अमेरीकका अध्यक्ष बुद्दी सुवेदी लगायत विभिन्न नेपाली अमेरीकन समुदायमा क्रियाशील संघ संस्थाका प्रमूख तथा प्रतिनिधिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रविधिक टोली, स्वयंसेवक र खेलाडीहरूको उत्साहजनक सहभागीता र सहयोगले फिप्ना कप २०२१ खेल महोत्सवको रूपमा सम्पन्न भएको फिप्नाका महासचिव नरेन्द्र थापाले बताए थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...