कुलमान घिसिङ्द्वारा प्राधिकरणको कार्यकारी निर्देशकमा पदबहाली

 लिम्बुवान न्युज
                       

काठमाडौं, २७ साउन ।  उज्यालो नेपालका नायक कुलमान घिसिङ् नेपाल विद्युत प्राधिकरणको पुन कार्यकारी निर्देशकका रुपमा बुधबार दिउँसो पदबहाली गरेका छन् । घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका हुन् ।

बुधबार दिउँसो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि नवनियुक्त प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पदबहाली गरेका हुन् । पुनः ४ बर्षे कार्यकालको लागि नियुक्त भएका उनलाई प्राधिकरणमा कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको ऊर्जा मन्त्रालयले जनाएको थियो ।

२०७३ भदौ २९ को मन्त्रिपरिषदको निर्णयबाट कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनले सो अवधिमा लोडसेडिङ अन्त्य गरेका र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय पाएका थिए ।

नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएपछि घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य व्यवस्थापन गरेका थिए भने त्यसपछि २०७५ वैशाखदेखि देश लोडसेडिङ मुक्त भएको घोषणा गरेका थिए ।

घिसिङ प्राधिकरणमा नियुक्त हुनुभन्दा अगाडि आर्थिक वर्ष २०७२–७३ मा प्राधिकरण ८ अर्ब ८९ करोड घाटामा थियो । २०७३ भदौमा प्राधिकरणको व्यवस्थापकीय नेतृत्वमा कुलमान घिसिङ नियुक्त भएपछि अघिल्ला हरेक वर्ष घाटामा जाँदै आएको प्राधिकरणलाई आर्थिक वर्ष २०७३–७४ देखि नै नाफामा लगेका थिए ।

आर्थिक वर्ष २०७३–७४ मा प्राधिकरणले एक अर्ब ५० करोड खुद मुनाफा प्राप्त गरेको थियो । त्यसपछिका हरेक वर्ष नाफा रकम बढ्दै जाँदा प्राधिकरणले गएको आर्थिक वर्ष २०७६–७७ मा ११ अर्ब नाफा कमाएको बताइन्छ । तर, तत्कालीन केपी ओलीको सरकारले पुनः दोस्रो कार्यकालको लागि सिफारिस नगरेपछि ४ बर्षे कार्यकाल पुरा गरी बसेका उज्यालो नेपालका नायकको पुनः नियुक्तीको चौतर्फी आवाज गञ्जिएको थियो ।

सरकार परिवर्तनसँगै एकाएक चर्चामा आएका घिसिङ्को पुनः नियुक्तिले प्राधिकरणमा नयाँ कायपलट हुने विश्वास लिइएको छ । साथै सरकारले २० युनिट भन्दा कम विद्युत खपत गर्ने ग्राहकको शुल्क मिनाह गर्ने समेत जनाएको छ ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...