फोनिज संघीय सचिव देवान सहित ६ जना पत्रकार पुरस्कृत हुँदै

 लिम्बुवान न्युज
                       

दमक, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले हरेक वर्ष प्रदान गर्दै आएको डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार र उदयीमान पत्रकारिता पुरस्कार २०७७ र २०७८ को लागि पुरस्कृत हुने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेको छ ।

फोनिज झापा जिल्ला अध्यक्ष विशाल नेम्बाङले फोनिजको २२औं स्थापना दिवस कार्यक्रम मार्फत फोनिज संघीय सचिव कमन देवान सहित पुरस्कृत हुने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेका हुन् ।

फोनिज झापाले डिकमान विरही सुनवार उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ बाट प्रतिदिन दैनिक पत्रिकाका प्रधानसम्पादक इन्द्रसिंह राजवंशीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । त्यस्तै डिकमान विरही सुनवार उत्कृष्ट पत्रकारिता पुरस्कार २०७८ बाट फोनिज केन्द्रीय सचिव देवानलाई पुरस्कृत गर्ने निर्णय भएको फोनिज झापाले गरेको छ । देवान हरप्रहर न्यूज डटकमका सम्पादक समेत हुन् ।

यसैगरी फोनिज झापाले पत्रकारितामा आवद्ध भएका तर नेपाल पत्रकार महासंघमा सदस्य नभएका प्रतिभाहरुलाई प्रोत्साहन स्वरूप प्रदान गर्दै आएको उदयीमान पत्रकारिता पुरस्कार २०७७ बाट रेडियो झापामा कार्यरत मिना नेम्बाङ र सूर्योदय टेलिभिजनमा कार्यरत सुभला तामाङलाई पुरस्कृत गर्ने निर्णय गरेको छ भने सोही उदयीमान पत्रकारिता पुरस्कार २०७८ का लागि माङसेबुङ न्यूज डटकममा आवद्ध डिल्लीश्वर मुसाहाङ (अम्याङ्सा) र यलम्बर टाइम्स साप्ताहिककी लीला राईलाई छनौट गरिएको घोषणा गरेको छ ।

फोनिज झापाको आगामी अधिवेशनबाट सो पुरस्कार वितरण गरिने अध्यक्ष नेम्बाङले जानकारी दिएका हुन् । फोनिज झापाले हरेक स्थापना दिवसमा डिकमान विरही सुनुवार उत्कृष्ट पत्रकारिता पुरस्कार एकजना अग्रज पत्रकार र उदयीमान पत्रकारिता पुरस्कार दुई जना नयाँ पत्रकारहरुलाई वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...