फोनिज संघीय सचिव देवान सहित ६ जना पत्रकार पुरस्कृत हुँदै

,   लिम्बुवान न्युज
                       

दमक, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले हरेक वर्ष प्रदान गर्दै आएको डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार र उदयीमान पत्रकारिता पुरस्कार २०७७ र २०७८ को लागि पुरस्कृत हुने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेको छ ।

फोनिज झापा जिल्ला अध्यक्ष विशाल नेम्बाङले फोनिजको २२औं स्थापना दिवस कार्यक्रम मार्फत फोनिज संघीय सचिव कमन देवान सहित पुरस्कृत हुने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेका हुन् ।

फोनिज झापाले डिकमान विरही सुनवार उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ बाट प्रतिदिन दैनिक पत्रिकाका प्रधानसम्पादक इन्द्रसिंह राजवंशीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । त्यस्तै डिकमान विरही सुनवार उत्कृष्ट पत्रकारिता पुरस्कार २०७८ बाट फोनिज केन्द्रीय सचिव देवानलाई पुरस्कृत गर्ने निर्णय भएको फोनिज झापाले गरेको छ । देवान हरप्रहर न्यूज डटकमका सम्पादक समेत हुन् ।

यसैगरी फोनिज झापाले पत्रकारितामा आवद्ध भएका तर नेपाल पत्रकार महासंघमा सदस्य नभएका प्रतिभाहरुलाई प्रोत्साहन स्वरूप प्रदान गर्दै आएको उदयीमान पत्रकारिता पुरस्कार २०७७ बाट रेडियो झापामा कार्यरत मिना नेम्बाङ र सूर्योदय टेलिभिजनमा कार्यरत सुभला तामाङलाई पुरस्कृत गर्ने निर्णय गरेको छ भने सोही उदयीमान पत्रकारिता पुरस्कार २०७८ का लागि माङसेबुङ न्यूज डटकममा आवद्ध डिल्लीश्वर मुसाहाङ (अम्याङ्सा) र यलम्बर टाइम्स साप्ताहिककी लीला राईलाई छनौट गरिएको घोषणा गरेको छ ।

फोनिज झापाको आगामी अधिवेशनबाट सो पुरस्कार वितरण गरिने अध्यक्ष नेम्बाङले जानकारी दिएका हुन् । फोनिज झापाले हरेक स्थापना दिवसमा डिकमान विरही सुनुवार उत्कृष्ट पत्रकारिता पुरस्कार एकजना अग्रज पत्रकार र उदयीमान पत्रकारिता पुरस्कार दुई जना नयाँ पत्रकारहरुलाई वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;