फोनिज झापाद्वारा जुम मार्फत २२औं स्थापना दिवसको शुभकामना आदनप्रदान

,   लिम्बुवान न्युज
                       

विर्तामोड। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले जुममार्फत २२ औं स्थापना दिवसको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ ।

जुममार्फत आयोजित कार्यक्रममा फोनिजका नेताहरु लगायत नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकारजन्य संगठनका प्रमुखहरुले २२औं फोनिज स्थापना दिवसका अवसरमा शुभकामना आदान–प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख वक्ता फोनिजका सङ्घीय सचिव कमन देवानले कोरोना संक्रमणबाट संक्रमित पत्रकारहरुको निःशुल्क उपचार गर्न राज्यसमक्ष माग गरेका थिए । उनले फोनिज अन्य सबै पत्रकारजन्य संगठनहरुसँग सह–अस्तित्वमा आधारित रहेर सहकार्य गर्दै अघि बढेको बताए ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गीरीले महासंघ झापा शाखा सदैव फोनिज झापासँग सहकार्य गर्दै अगाडि बढ्न तत्पर रहेको बताए । उनले आदिवासी जनजातिलगायत उत्पीडित वर्ग समुदायको मुद्दा सबै पत्रकार र सञ्चार माध्यमले उठाउँनु पर्नेमा जोड दिए ।

कार्यक्रममा फोनिजका प्रदेश नम्बर १ अध्यक्ष अर्जुन जम्नेली राई, संघीय पत्रकार मञ्च, नेपालका संयोजक दिल कुमार लावती, प्रेस चौतारी झापाका अध्यक्ष टीकाराम उप्रेती, प्रेस युनियन झापाका उपाध्यक्ष गिरीराज भट्टाराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कोरोना महामारीका कारण झापा जिल्लामा जारी निषेधाज्ञाका कारण जुम कार्यक्रममार्फत स्थापना दिवस मनाइएको कार्यक्रम संयोजक एवम् उपाध्यक्ष देशराज नेम्बाङले जानकारी दिए ।

फोनिज झापाका अध्यक्ष बिशाल नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिकमान विरही सुनवार उत्कृष्ट पत्रकारिता पुरस्कार र उदयीमान पत्रकारिता पुरस्कार बारे घोषणा गरिएको थियो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;