दमक ४ मा माओवादी केन्द्रको वडा कमिटी गठन

,   लिम्बुवान न्युज
                       

दमक, २८ साउन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको दमक–४ मा २१ सदस्यीय रहेको वडा कमिटि गठन गरेको छ । बुधबार वडा नं ४ द्वारा आयोजित भेलाले मानबहादुर श्रेष्ठको अध्यक्षतामा वडा कमिटि गठन गरिएको हो ।

समितिको वडा कमिटि सचिवमा शुसिल कार्की निर्वाचित भएका छन् भने सदस्यहरुमा अनिमा तामाङ, विष्णुमाया धिमाल, कृष्ण बुढाथोकी, भीष्म उप्रेती, सरस्वती नेपाल, बीरबहादुर बिश्व, भोजमान विश्वकर्मा, शेरबहादुर खड्का, उर्मिला तामाङ, कृष्ण कुमार बिष्ट, दिपक सुनुवार, लीलादेबी बर्देवा, बेदमाया ढुङ्गेल, तारामान खत्री, भुवन खड्का, मन कुमारी मैनाली, शिबलाल गौतम, बिनोद धिमाल, र धनबहादुर धिमाल छन् ।

नेकपाबाट सर्बोच्चले पुरानै अवस्थामा एमाले र माओवादी केन्द्रलाई फर्काइदिएपछि पछिल्लो समय माओवादी केन्द्रले देशव्यापी रुपमा वडा कमिटी गठनलाई तिब्रता दिएसँगै दमक नगरको सबै वडाहरुमा प्रशिक्षण मुलुक भेलाको आयोजना गरेर वडा कमिटि गठन गर्दै आइरहेको पार्टीका दमक नगर सचिवालय सदस्य एबम् दमकका युवा व्यवसायी अशिम राईले बताए ।

वडा कमिटि गठन कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्य एबम् नेता गगन पुरी, श्रीकान्त, बेदु गौतम लगायत दमक नगर कमिटिका सचिव तीर्थराज (शखर) बस्नेत र अशिम राईको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;