सेन्मिखाको पहिलो गीत ‘हिमालै चुली’ भिडियो सहित सार्वजनिक
शुक्रबार, २९ साउन, २०७८ रातीको ०९:२६ बजे,
लिम्बुवान न्युज
लिम्बुवानखबर । हेर्ने कथाबाट दर्शक स्रोता सबैको प्रिय बनेका सेन्मिखा राईको आवाजमा पहिलो गीत ‘हिमालै चुली’ सार्वजनिक गरिएको छ ।
गीतकार कृष्ण बहादुर राईको रचना साथै गायक तथा संगीतकार जितेन बान्तावा राईको संगीतमा सजिएको मौलिक पुर्वेली भाकामा सजिएको मनछुने गीत ‘हिमालै चुली’ जितेन बान्तावा राई अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
जितेन बान्तावा राईको निर्देशनमा सेन्मिखा राईको दैनिक दिनचर्यालाई यथार्थपरक प्रस्तुत गरिएको पूर्वेली गीतकाे याे भिडियोलाइ हेर्न लायककाे भएकाे निर्देशक राइले बताए । स्टार व्यूटि होमको मेकअप रहेको याे भिडियाेकाे छायाँकन तथा सम्पादन भने इसाक जवेगुले गरेका हुन् ।
राजु कर्कीको संगीत संयोजन रहेको गीतलाई लिम्दुमी क्रिएशन स्टुडियोमा रेकर्ड गरिएको छ भने गीत तथा भिडियोलाई अमला देवि राईले निर्माण गरेका हुन् ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...