लिम्बुवान मञ्चको चुलाचुलीमा अन्तरक्रिया तथा क्रियासिल कार्ड वितरण शुभारम्भ

,   लिम्बुवान न्युज
                       

चुलाचुली,३० साउन।  संघीय लिम्बुवान मञ्च, नेपालले आफ्नो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आगामी राष्ट्रिय महाविधेसनलाई लक्षित गर्दै क्रियासिल कार्ड वितरण कार्य तिब्र पारेसँगै इलामको चुलाचुलीले पनि शुभारम्भ गरेको छ ।

शनिबार चुलाचुली १ कमलमा एक अन्तरक्रिया कार्यक्रम गर्दै गाउँपालिकामा ५ हजार क्रियासिल कार्ड वितरण गर्ने लक्ष्य सहित कार्ड वितरण कार्यक्रम शुभारम्भ भएको मञ्चले उद्घोषण गरेको हो ।

मञ्चका महासचिव थाङ्साङ् लावतीको प्रमुख आतिथ्यतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव लावतीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई रक्षा गर्दै पहिचान सहितको संघीय राज्य निर्माणमा मञ्च निरन्तर अघि बढिरहने प्रतिबद्धताका साथ संघीय मञ्च मेची काली अभियान सहित लिम्बुवान सहितको १०+१ प्रान्त निर्माणमा अघि बढेको बताए । मञ्चमा आउन चाहाने अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई सम्मानजनक व्यवहार गर्दै मञ्चमा आउन अपिल गर्ने पनि उनले बताए । यसै प्रसङ्गमा जाेड्दै महासचिव लावतीले पाँच बर्ष अघिकाे लिम्बुवानजन्य पाँच पार्टी एकताकाे पिढाले सधै सताइ रहने समेत स्मरण गरे ।

यसैगरी अर्का वक्ता मञ्चका उपमहासचिव तथा संचार प्रमुख दिलकुमार लावतीले मञ्चको आगामी महाधिवेशनलाई लक्षित गर्दै देशव्यापी रुपमा क्रियासिल कार्ड वितरणलाई तिब्रता दिर्दै आगामी असोज १५ सम्ममा सबै प्रान्तमा क्रियासिल वितरण कार्य सम्पन्न गर्दै वार्ड, स्थानीय तहको अधिवेशन त्यसपछि प्रान्तहरुको अधिवेशन गर्दै पुषको पहिलो सातासम्ममा संघीय मञ्चको महाधिवेशन गर्ने तयारी भईरहेको हुँदा सबै नेता कार्यकर्ताहरुलाई तिब्र रुपमा संगठनको संरचना अनुसार काम गर्न अनुरोध गरेका छन् ।

उपमहासचिव लावतीले आगामी स्थानीय तहको चुनाव, संघ र प्रदेशको चुनाव लक्षित कार्यक्रमहरु टोल–टोलमा गर्नुपर्ने औल्याउँदै सबै नेताहरुलाई आ–आफ्नो वार्डहरुमा राजनीतिक जनचेतनामूलक कार्यक्रमहरु गर्न आग्रह गरेका छन् । यस्तैगरी मञ्चप्रति इमान्दार व्यक्तिहरुलाई क्रियासिल कार्ड वितरण गर्न समेत उनले अनुरोध गरेका छन् ।

कार्यक्रममा मञ्चका सचिवालय सदस्य तिलक फागो, केन्द्रीय सदस्यहरु पूर्ण लावती ध्रुव, विष्णुराज तुम्बापो, दिपक आङ्देम्बे लगायत नेताहरुले मञ्चको बारेमा आ–आफ्ना धारणाहरु राखेका थिए । कार्यक्रम मञ्चका चुलाचुली अध्यक्ष विपीन योङयाको अध्यक्षतामा भएको थियो । अन्तरक्रिया कार्यक्रममा मञ्चबाट निर्वाचित जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;