लिम्बुवान मञ्चको चुलाचुलीमा अन्तरक्रिया तथा क्रियासिल कार्ड वितरण शुभारम्भ

 लिम्बुवान न्युज
                       

चुलाचुली,३० साउन।  संघीय लिम्बुवान मञ्च, नेपालले आफ्नो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आगामी राष्ट्रिय महाविधेसनलाई लक्षित गर्दै क्रियासिल कार्ड वितरण कार्य तिब्र पारेसँगै इलामको चुलाचुलीले पनि शुभारम्भ गरेको छ ।

शनिबार चुलाचुली १ कमलमा एक अन्तरक्रिया कार्यक्रम गर्दै गाउँपालिकामा ५ हजार क्रियासिल कार्ड वितरण गर्ने लक्ष्य सहित कार्ड वितरण कार्यक्रम शुभारम्भ भएको मञ्चले उद्घोषण गरेको हो ।

मञ्चका महासचिव थाङ्साङ् लावतीको प्रमुख आतिथ्यतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव लावतीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई रक्षा गर्दै पहिचान सहितको संघीय राज्य निर्माणमा मञ्च निरन्तर अघि बढिरहने प्रतिबद्धताका साथ संघीय मञ्च मेची काली अभियान सहित लिम्बुवान सहितको १०+१ प्रान्त निर्माणमा अघि बढेको बताए । मञ्चमा आउन चाहाने अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई सम्मानजनक व्यवहार गर्दै मञ्चमा आउन अपिल गर्ने पनि उनले बताए । यसै प्रसङ्गमा जाेड्दै महासचिव लावतीले पाँच बर्ष अघिकाे लिम्बुवानजन्य पाँच पार्टी एकताकाे पिढाले सधै सताइ रहने समेत स्मरण गरे ।

यसैगरी अर्का वक्ता मञ्चका उपमहासचिव तथा संचार प्रमुख दिलकुमार लावतीले मञ्चको आगामी महाधिवेशनलाई लक्षित गर्दै देशव्यापी रुपमा क्रियासिल कार्ड वितरणलाई तिब्रता दिर्दै आगामी असोज १५ सम्ममा सबै प्रान्तमा क्रियासिल वितरण कार्य सम्पन्न गर्दै वार्ड, स्थानीय तहको अधिवेशन त्यसपछि प्रान्तहरुको अधिवेशन गर्दै पुषको पहिलो सातासम्ममा संघीय मञ्चको महाधिवेशन गर्ने तयारी भईरहेको हुँदा सबै नेता कार्यकर्ताहरुलाई तिब्र रुपमा संगठनको संरचना अनुसार काम गर्न अनुरोध गरेका छन् ।

उपमहासचिव लावतीले आगामी स्थानीय तहको चुनाव, संघ र प्रदेशको चुनाव लक्षित कार्यक्रमहरु टोल–टोलमा गर्नुपर्ने औल्याउँदै सबै नेताहरुलाई आ–आफ्नो वार्डहरुमा राजनीतिक जनचेतनामूलक कार्यक्रमहरु गर्न आग्रह गरेका छन् । यस्तैगरी मञ्चप्रति इमान्दार व्यक्तिहरुलाई क्रियासिल कार्ड वितरण गर्न समेत उनले अनुरोध गरेका छन् ।

कार्यक्रममा मञ्चका सचिवालय सदस्य तिलक फागो, केन्द्रीय सदस्यहरु पूर्ण लावती ध्रुव, विष्णुराज तुम्बापो, दिपक आङ्देम्बे लगायत नेताहरुले मञ्चको बारेमा आ–आफ्ना धारणाहरु राखेका थिए । कार्यक्रम मञ्चका चुलाचुली अध्यक्ष विपीन योङयाको अध्यक्षतामा भएको थियो । अन्तरक्रिया कार्यक्रममा मञ्चबाट निर्वाचित जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...