इन्ट्रयाक्ट क्लव अफ पिस जोनले मनायो आठौं स्थापना समारोह

 लिम्बुवान न्युज
                       

धरान विजयपुर। इन्ट्रयाक्ट क्लब अफ पिस जोनले आफ्नो आठौं चाटर्ड स्थापना समारोह मनाएको छ । शनिबार पिस जोनले धरानमा कोभिड १९ को बिच ८औं समारोह कार्यक्रम सम्पन्न गरेको हो ।

कोभिड–१९ कोरोना भाईरसले थिलथिल पारेको अवस्थामा पनि क्लबले आफ्नो क्लवका सदस्यहरु र केही आमन्त्रितहरूको उपस्थितिका कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा आठौं स्थापना समारोहको आदनप्रदान तथा पाहुनाहरुलाई टोकन अफ लभ प्रदान गरिएको थियो ।

यस क्लवको स्थापना समारोहमा चिफगेस्टको रूपमा रोटरियन जगदिश प्रसाद ओली रहेको थिए । त्यसैगरी गेस्ट अफ अनरको रूपमा रोटरी क्लब अफ इटहरीका २१–२२ का अध्यक्ष सविना शोभा कोइराला तथा जोनल इन्टर्याक्ट प्रतिनिधि इन्टर्याक्टर खुशी श्रेष्ठको उपस्थिति रहेको थियो ।

क्लवको स्थापना समारोहमा स्पेसल गेस्टको रूपमा पिस जोन स्कुलका प्रिन्सिपल रोतरियन केशव प्रसाद भट्टराई र नन्द टेलरका प्रोपाइटर भूपेन्द्र श्रेष्ठ रहेका थिए । साथै कार्यक्रम सञ्चालन भने विजेतन विष्ट र रिसिका अग्रवालले संयुक्त रुपमा गरेका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...