लिम्बुवान मञ्च यूके कोल्चेस्टर शाखा अध्यक्षमा डम्बर बहादुर चोङबाङ् निर्वाचित

 लिम्बुवान न्युज
                       

बेलायत। संघीय लिम्बुवान सामाजिक मञ्च बेलायतको कोल्चेस्टर शाखा अध्यक्षमा डम्बर बहादुर चोङ्बाङ् निर्वाचित भएका छन् । शुक्रबार यूके कोल्चेस्टरमा भएको कार्यक्रममा चोङबाङ् सर्वसहमतिमा निर्वाचित भएका हुन् ।

सामाजिक मञ्चका अध्यक्ष टंक खापुङ्को प्रमुख आतिथ्यतामा भएको उक्त संगठन विस्तार कार्यक्रममा मञ्चका उपाध्यक्ष शर्मिला यक्सो, महासचिव राम इजम र थरक शाखाका अध्यक्ष कृष्ण कुमार कुरुम्बाङको उपस्थिति रहेको थियो ।

नवगठित समितिमा अध्यक्ष चोङबाङ सहित उपाध्यक्षमा निमेस नेम्बाङ, सचिवमा भिम लाओती, अर्थसचिवमा भिम कुरुम्भङ रहेका छन् भने सदस्यहरुमा कुमार हुक्पा चोङबाङ, मसाना लिम्बु र बिष्णु कुमारी लिम्बु रहेका छन् । त्यसैगरी सल्लाहकारमा मे.रि. चित्रराज हुक्पा चोङबाङ सर्वसहमतिमा निर्वाचित भएका छन् ।

निर्वाचित कार्य समितिलाई प्रमुख अतिथि अध्यक्ष खापुङले सफलग्रहण गराउँदै कार्यसफलताको शुभकामना व्यक्त गरेका थिए । यसैगरी अन्य अतिथिहरुले पनि नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएको महासचिव इजमले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...