काठमाडौ, ३० साउन । लिम्बू कथानक चलचित्र ‘थिम्’ को ‘सरलाइ सर’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘याक्थुङ फिल्म्स’ युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
चलचित्रको गीत सागर केरुङ्ले लेखेका हुन भने बुद्धराज लिम्बुको संगीतमा मोनी ताम्लिङ र इन्दु फोम्बोको स्वर रहेको छ ।
याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्माताहरु यलम्बर खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबा रहेकाछन् भने लेखक सागर केरुङ, निर्देशक यलम्बर खम्बु, मुख्य साहायक निर्देशक तथा नृत्यु निर्देशक दिनेश माङ्मु, सहायक निर्देशकहरुमा डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी सह-निर्माताहरूमा नन्दुभाइ मेन्याङबाे, मानबहादुर साँवा र दिपक राजवंशी रहेका छन् ।
चलचित्रको छायाङ्कन बिक्रम डिसि, ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य सहायक निर्देशक निङ्वा नेम्बाङकाे छ भने नृत्य बरदान संगीतालयको रहेको छ । त्यसैगरी सुनिता थेगिम, सुजन आङ्देम्बेले पनि गीतमा साथ दिएका छन् । शृङ्गार सन्तोस रिजाल र प्रकाश मिलन खड्काको रहेको छ । त्यसैगरी ब्यवस्थापन सुबास केरुङ नुनामले गरेका छन् ।
पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रमा राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई लगायतले अभिनय गरेका छन् ।
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...