झापामा निषेधाज्ञा खुकुलोः दुई सिफ्टमा व्यवसाय खुल्ला हुने

 लिम्बुवान न्युज
                       

दमक, ३२ साउन । झापा जिल्लामा लगाईएको निषेधाज्ञा भोलि भदौ १ गतेदेखि लागु हुने गरी परिमार्जित गरि खुलाउने निर्णय भएको छ । कोरोाना सक्रमण रोकथामका लागि निरन्तर रुपमा निषेधाज्ञा हुँदै आएको कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा परिमार्जित गरि बजार खुलाउने निर्णय गरेको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीएमसी बैठकले दुई चरणमा वजार खुलाउने गरि भदौ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । निषेधाज्ञा लम्बाइए पनि जिल्लाका सबै खाले पसल खुलाउने निर्णय गरेको छ ।

पहिलो चरणमा बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने भनिएको छ भने । दोस्रो चरणमा कपडा, हार्डवेयर, होटल लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णय गरिए गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

साउन १६ गतेदेखि जिल्लाभर लगाईएको निषेधाज्ञा आज राती १२ बजे सकिदैछ । पसलहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र पसल खोल्नु अनुरोध गरेको छ । अनुगमनमा जाँदा मापदण्ड फेला नपरेको खण्डमा कारबाही गरिने प्रजिअ तिमिल्सनाले बताए । त्यस्तै सवारीसाधनको हकमा सबै यातायात खुलाउने निर्णय गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...