झापामा निषेधाज्ञा खुकुलोः दुई सिफ्टमा व्यवसाय खुल्ला हुने

,   लिम्बुवान न्युज
                       

दमक, ३२ साउन । झापा जिल्लामा लगाईएको निषेधाज्ञा भोलि भदौ १ गतेदेखि लागु हुने गरी परिमार्जित गरि खुलाउने निर्णय भएको छ । कोरोाना सक्रमण रोकथामका लागि निरन्तर रुपमा निषेधाज्ञा हुँदै आएको कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा परिमार्जित गरि बजार खुलाउने निर्णय गरेको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीएमसी बैठकले दुई चरणमा वजार खुलाउने गरि भदौ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । निषेधाज्ञा लम्बाइए पनि जिल्लाका सबै खाले पसल खुलाउने निर्णय गरेको छ ।

पहिलो चरणमा बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने भनिएको छ भने । दोस्रो चरणमा कपडा, हार्डवेयर, होटल लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णय गरिए गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

साउन १६ गतेदेखि जिल्लाभर लगाईएको निषेधाज्ञा आज राती १२ बजे सकिदैछ । पसलहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र पसल खोल्नु अनुरोध गरेको छ । अनुगमनमा जाँदा मापदण्ड फेला नपरेको खण्डमा कारबाही गरिने प्रजिअ तिमिल्सनाले बताए । त्यस्तै सवारीसाधनको हकमा सबै यातायात खुलाउने निर्णय गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;