आजबाट जसपाको केन्द्रीय बैठक सुरु हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्य समिति बैठक काठमाडौंमा सुरु भएको छ । जसपाको आधिकारिकता विवाद टुङ्गो लागेसँगै पार्टी केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो ।

आज मंगलबारबाट सुरु हुने बैठक भोलिसम्म चल्ने छ । पछिल्लो पटक पार्टीको केन्द्रीय कार्यकारिणी समिति ३५ सदस्यीय र केन्द्रीय कार्य समिति ५ सय १५ सदस्यीय कायम भएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

अर्का अध्यक्ष महन्थ ठाकुर समूह पार्टीबाट निश्काशन भएपछि पहिलो बैठक बस्ने लागेको हो ।

बैठकमा पार्टी सरकारमा सहभागिता, मन्त्री चयन, भदौ १ बाट घोषण गरिएको पार्टी सुदृढीकरण तथा जनजागरण अभियान शुभारम्भ लगायतका विषयमा छलफल हुने पार्टी स्रोतले जनाएको छ ।

डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा डाकिएको बैठकमा सहभागी हुन केन्द्रीय नेताहरु राजधानी पुगिसकेको जसपा केन्द्रीय कार्यालय बालकुमारीले जनाएको छ ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;