तालिवानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १ भदौं । अफगानिस्तानमा दोस्रो पटक सत्ता कब्जा गरेको तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले पूर्ण मनोबलका साथ सबैलाई काममा फर्किन आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले तालिबानलाई उद्धृत गर्दै सबैलाई आममाफीको घोषणा गरिएको छ । तालिवानले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्न सर्वसाधारणलाई समेत अनुरोध गरेको छ ।

अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै अफगानिस्तानका मानिसहरुमा अहिले डर तथा आशंका देखिएको छ । यस्तो अवस्थामा तालिबानले सरकारी अधिकारीलाई आममाफीको घोषणा गरेको हो ।

तालिबानले यसअघि सरकार र पश्चिममा मुलुकको संस्थामा काम गरेका अधिकारीलाई लक्षित गरी आक्रमण गर्न सक्ने आशंका मानिसहरुमा थियो । तालिबानले निकै बर्बर सजाय दिने गरेको र युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ । यद्यपि तालिबानले भने यसलाई अस्वीकार गर्दै आएको छ । (एजेन्सीकाे सहयाेगमा)

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...