तालिवानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १ भदौं । अफगानिस्तानमा दोस्रो पटक सत्ता कब्जा गरेको तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले पूर्ण मनोबलका साथ सबैलाई काममा फर्किन आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले तालिबानलाई उद्धृत गर्दै सबैलाई आममाफीको घोषणा गरिएको छ । तालिवानले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्न सर्वसाधारणलाई समेत अनुरोध गरेको छ ।

अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै अफगानिस्तानका मानिसहरुमा अहिले डर तथा आशंका देखिएको छ । यस्तो अवस्थामा तालिबानले सरकारी अधिकारीलाई आममाफीको घोषणा गरेको हो ।

तालिबानले यसअघि सरकार र पश्चिममा मुलुकको संस्थामा काम गरेका अधिकारीलाई लक्षित गरी आक्रमण गर्न सक्ने आशंका मानिसहरुमा थियो । तालिबानले निकै बर्बर सजाय दिने गरेको र युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ । यद्यपि तालिबानले भने यसलाई अस्वीकार गर्दै आएको छ । (एजेन्सीकाे सहयाेगमा)

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...