
बिर्तामोड, १ भदौ । नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ । सोमबार महासंघको कार्यालयमा एक कार्यक्रमका बीच महासंघको गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको हो ।
नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिका कोषाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि बुद्धि लामिछाने (विमल)ले इ–बुलेटिनको विमोचन गरेका हुन् ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बिर्तामोडस्थित महासंघ कार्यालयमा भएको कार्यक्रममा सहभागी अतिथिले नयाँ कामको थालनी गरेकोमा प्रशंसा गरेका थिए ।
महासंघले बैशाखदेखि साउनसम्मका गतिविधि समेटेर पहिलोपटक ३९ पेजको इ–बुलेटिन प्रकाशन गरेको हो । तीन वर्षे कार्यकालका लागि महासंघको वर्तमान नेतृत्वले ०७८ बैशाख ६ गते पदभार ग्रहण गरेपछि महासंघको संस्थागत विकास र पत्रकारको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा महासंघ १ नं. प्रदेश समितिका काेषाध्यक्ष विमल लामिछाने, सदस्य लीलाराज झापाली, प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेली, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस संगठन झापाका अध्यक्ष झुलन रेग्मी, नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरुले कोरोना महामारीका कारण धरासायी बनेको सञ्चार क्षेत्रको विकासका लागि अघि बढ्नुपर्ने औल्याएका थिए ।