लिम्बुवान मञ्च मोरङको जिल्ला अधिवेशन असोज १६ मा हुने

 लिम्बुवान न्युज
                       

पथरी, २ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति मोरङको अधिवेशन आगामी असोज १६ गते हुने भएको छ ।

मंगलबार भरर्चुअल जुम मार्फत बसेको जिल्ला बैठकले असोज १६ मा लेटाङमा अधिवेशन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष दिलु लिङदेन लावतीले बताइन् ।

कोरोना महामारीको कारण जेष्ठ १५ गते गर्ने भनिएको अधिवेशन राकिएको थियो । भर्चुअल जुम बैठकले आगामी असोज १६ मा गर्ने निर्णय गरिएको अध्यक्ष लावतीले बताइन् । उनले जिल्ला अधिवेशन पूर्व सबै स्थानीय पालिका र वार्डहरुमा अधिवेशन गर्दै क्रियासिल सदस्यता कार्ड वितरण गर्ने बताइन् ।

कोरोना महमारीबीच मञ्चको आसन्न महाधिवेशनलाई लक्षित गर्दै जिल्ला लगायत तल्लो तहको अधिवेशनहरु आगामी मंसिर पहिलो हप्ता सम्ममा सक्ने निर्देशन बमोजिम मोरङ् जिल्ला अधिवेशन हुन लागेको मञ्चका प्रान्तीय उपमहासचिव तथा मोरङ जिल्ला इन्चार्ज दिल कुमार लावतीले बताए ।

 

 

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;