दमकमा विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

 लिम्बुवान न्युज
                       

दमक, २ भदौं। झापाको दमकमा विभिन्न पार्टी परित्याग गरी संघीय लिम्बुवान मञ्च, नेपालमा प्रवेश गरेका छन् । बुधबार मञ्चको दमक नगर समितिले आयोजना गरेको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा २० जनाले पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा मञ्चका महासचिव तथा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय कमाण्डर थाङसाङ लावतीको प्रमुख आतिथ्यता रहेको थियो भने उपमहासचिव तथा संचार प्रमुख दिल कुमार लावतीको विशेष आतिथ्यता रहेको थियो ।

देशमा ठूला राजनीतिक दलहरु बिच भईरहेको एकअर्का प्रति आरोप प्रत्यारोपले बर्षौ देखि पार्टीमा लागेता पनि परिवर्तनको कुनै नयाँ सन्देश दिन नसकेको हुँदा २०४७ साल देखि नेकपा एमाले पिएम बनेको दमक १ का विन्द्र राईले पार्टी परित्याग गरी मञ्चमा प्रवेश गरेको बताए । त्यसैगरी जसपा पार्टी परित्याग गरी लिम्बुवानमा प्रवेश गरेको दमक ७ का रविन राईले नेताहरुको आपसी झगडाले पहिचानको मुद्दा ओझेल पारेको आरोप लगाएका छन् ।

कार्यक्रममा दमक ७ बाट राईसँगै अमरमाया लिम्बु, पवित्रा राना मगर, मिनकुमारी तामाङ, यामकुमारी लिम्बु, लोक बहादुर मगर, रोशन सुन्दास, पदम वेघा, विक्रम लिम्बु रहेका छन् भने दमक १ बाट राईसँगै उत्तर कुमार लिम्बु, भुपेन्द्र बेघा लिम्बु, सविन लिम्बु कुरुम्बाङ् रहेका छन् । त्यसैगरी दमक ६ बाट मनोज राई, ५ बाट अविना राई र शुक्र बहादुर बेघा, त्यसैगरी कमलबाट हिमाल लिम्बु, गौरादह १ बाट दिपक श्रेष्ठ र इलामका सन्यास कुमालले पनि विभिन्न पार्टी परित्याग गरी लिम्बुवान मञ्चमा प्रवेश गरेका छन् ।

कार्यक्रममा बोल्दै महासचिव लावतीले नवप्रवेशी सम्पूर्णलाई मञ्चमा स्वागत गर्न पाउँदा खुशी लागको बताउँदै वर्तमान राष्ट्रिय राजनीतिले देशमा अर्को जनआन्दोलन समेत हुन सक्ने बताउँदै देशको एकमात्र वैकल्पिक पार्टीको रुपमा स्थापित भएको मञ्चले मात्र यो देशलाई संघीय राज्यको रुपमा उभ्याउन सक्ने बताए । उनले भने –‘अहिले मञ्चमा युवाहरुको आकर्षण दिनानुदिन हुँदै गएको छ ।’

अर्का वक्ता उपमहासचिव तथा संचार प्रमुख लावतीले १६ बर्ष अघि जन्मिएको संघीय मञ्चले अब देशका साच्चिकै नयाँ राजनीतिक डिस्कोर्श दिने भन्दै अब पुरानो विचारले देश समृद्धि तर्फ नजाने बरु एकात्मक राज्य सत्ताको रवैयाका कारण मूलकमा स्थायी शान्ति नहुने धारणा राखेका थिए । लिम्बुवान सहितको १०+१ प्रान्तीय मञ्चको अवधारणाले मात्र नेपालमा संघीयताले पूर्णता पाउने भन्दै संविधान संसोधन गरि ७ प्रदेशबाट १०+१ प्रान्त बनाउनु पर्ने उपमहासचिव लावतीले जिकीर गरे ।

यसैगरी कार्यक्रममा प्रान्तीय सदस्य टंक माङ्लाक, लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सिनियर कमाण्डर सुमन सम्बाहाम्फे, उपकमाण्डरह गणेश मिभक र विजय मगरको समेत उपस्थिति रहेको थियो । कार्यक्रम मञ्चका का.बा. अध्यक्ष सन्त चेम्जोङ्को सभाध्यक्षतामा भएको थियो । त्यसैगरी नगर सचिव मनु साम्पाङ्को संचालन रहेको कार्यक्रममा नगर सचिवालय सदस्य सीता केरुङ्ले स्वागत मन्तव्य राखेकी थिइन् ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...