दमक रंगशालाको छानबिन प्रतिवेदन अख्तियारमा, टेन्डर प्रक्रियासंगत नभएको निष्कर्ष

 लिम्बुवान न्युज
                       

काठमाडाैं। झापाको दमकमा मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माणको टेन्डर प्रक्रियासंगत नभएको निष्कर्षसहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पुगेको छ ।

सार्वजनिक खरिद ऐनविपरीत आर्थिक प्रतिस्पर्धाविनै चार अर्ब ३३ करोडमा ठेक्का दिने अन्तिम तयारी भएपछि अख्तियारको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले कार्यदल नै बनाएर छानबिन गरेको थियो । मन्त्रालयका सहसचिव डा.कमल पोखरेलको नेतृत्वमा तीन सदस्यीय कार्यदलले निषेधाज्ञामा प्रस्ताव पेसको म्याद नथपेको विषयलाई प्रक्रियासंगत मान्न नसकिने निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।

‘खेलकुद मन्त्रालयबाट प्राप्त प्रतिवेदन हेर्दा कुनै निश्चित कम्पनीलाई ठेक्का दिने गरी निषेधाज्ञामा टेन्डर आह्वान भएको र आर्थिक प्रतिस्पर्धाबाट वञ्चित गराएको आशंका देखियो,’ अख्तियार स्रोतले भन्यो, ‘निषेधाज्ञामा टेन्डर आह्वान र ग्लोबल टेन्डर गर्नुपर्नेमा राष्ट्रियस्तर टेन्डरको विषयमा छानबिन हुँदै छ ।’

राष्ट्रिय खेलकुद परिषद्ले चार अर्ब ४० करोड लागत अनुमान गरी रंगशाला निर्माणका लागि निषेधाज्ञाकै दिन अर्थात् १६ वैशाखमा टेन्डर आह्वान गरेको थियो । मुन्ना एन्ड आचार्य कन्स्ट्रक्सन, अल्कोर र ग्रेट स्पोर्टस् टेक ज्वाइन्ट भेन्चरलाई ठेक्का दिन आसयपत्र (लेटर अफ इन्टेन्ट) २३ असारमा जारी गरेको थियो । सोहीकारण मुन्ना एन्ड आचार्य कन्स्ट्रक्सन, अल्कोर र ग्रेट स्पोर्टस् टेक ज्वाइन्ट भेन्चरबाहेकका कम्पनी ठेक्का प्रक्रियामा सहभागी हुन नै नपाएको र राखेपका कारण आर्थिक प्रतिस्पर्धा नहुँदा रंगशालाको लागत बढेको उजुरी अख्तियारमा परेको थियो ।

१६ वैशाखमा बोलपत्र आह्वान गरेपछि राखेपले ६ जेठमा बोलपत्रपूर्वको बैठक आह्वान गरेको थियो । जसमा कालिका कन्स्ट्रक्सन, किराँतेश्वर कन्स्ट्रक्सन, एमएन कन्स्ट्रक्सन, मुन्ना एन्ड आचार्य र एक चिनियाँ कम्पनी सहभागी थिए । तर, निषेधाज्ञाका बीचमा नोटरी पब्लिकलगायत बोलपत्रका अन्य कागजपत्र तयार गर्न नसक्दा यी कम्पनीले प्रस्ताव हाल्न सकेनन् । राखेपको योजनाअनुसार मुन्ना एन्ड आचार्यको मात्रै प्रस्ताव प¥यो । ‘निषेधाज्ञामा घरबाहिर निस्कन पनि बन्देज थियो, कसरी बोलपत्रका कागजात तयार गर्नु र प्रक्रियामा भाग लिनु ?’ किराँतेश्वर कन्स्ट्रक्सनका प्रमुख सनकसिंह राईले यसअघि नयाँ पत्रिकालाई भनेका थिए, ‘राखेपले योजनाबद्ध रुपमै त्यस्तो गर्न खोजेको थियो ।’

राखेपले लागत रकमको १ दशमलव ६ प्रतिशत अर्थात् सात करोड मात्रै घटेर चार अर्ब ३३ करोड ५८ लाखमा मुन्ना एन्ड आचार्य कन्स्ट्रक्सन, अल्कोर र ग्रेट स्पोर्टस् टेक ज्वाइन्ट भेन्चरलाई ठेक्का दिने अन्तिम तयारी गरेका वेला अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रले छुट्टाछुट्टै छानबिन गरिरहेका हुन् ।

सार्वजनिक खरिद ऐनमा एक अर्बभन्दा माथिका ठेक्काका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था छ । तर, राखेपले राष्ट्रिय प्रतिस्पर्धाका लागि बोलपत्र आह्वान गरेको थियो । यसबारे अख्तियारले छानबिन गरिरहेको छ । त्यस्तै, रंगशाला निर्माणस्थल सामुदायिक वनको रहे पनि जग्गा प्राप्ति भइसकेको छैन । सामुदायिक वनको जग्गा प्राप्तिका लागि संघको मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्छ । खेलकुद मन्त्रालयका एक अधिकारीले ‘मन्त्रालयबाट छानबिन प्रतिवेदन अख्तियार पुगेको र अख्तियारको निर्देशनअनुसार कारबाही हुने’ बताए । (आजको नयाँपत्रिका दैनिकमा खबर छ)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...