अफगानिस्तानका राष्ट्रपति युएईको शरणमा

 लिम्बुवान न्युज
                       

काठमाडौं, ३ भदौं । अफगानिस्तान विद्रोही तालिबानले कब्जा गरेपछि देश छाडेका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (युएई)को शरणमा पुगेका छन् ।

युएईका परराष्ट्र मन्त्रालयले घानी र उनको परिवारका सदस्यलाई मानवीय दृष्टिले आफ्नो देशमा स्वागत गरिएको जनाएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा तालिबान लडाकुहरु प्रवेश गरे पश्चत घानीले आइतबार देश छाडेका थिए । शुरुमा घानी देश छोडेर ताजिकिस्तान भागेको समाचार सार्वजनिक भएको थियो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार ७२ वर्षीय राष्ट्रपति घानीले आफू छिट्टै अफगानिस्तान फर्किने त्यसको लागि छलफल भइरहेको जनाएका छन् ।

राष्ट्रपति घानीले ठूलो रकम लिएर देश छोडेको भन्ने समचारको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको प्रष्टाएका छन् । ताजकिस्तानका लागि अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले घानीले देश छोड्ने बेला करिब करोडौं डलर रकम पनि सँगै लिएर गएको दाबी गरेका थिए ।

भारतीय मिडियाहरुले पनि बोराका बोरा रकम लगेको र नअट्ने भएपछि केही रकम निवासमै छाडेको समाचार लेखेका थिए । तर यो समाचारको कुनै पुष्टि भएको छैन ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...