धरानमा पुन लकडाउन हुने

,   लिम्बुवान न्युज
                       

धरान विजयपुर, ३ भदौं। धरान उपमहानगरपालिकाले भदौं ४ देखि १३ गते मध्यराती १२ बजेसम्म लकडाउन गरेको छ । उपमहानगरमा बसेको कार्यपालिका बैठकले १० दिनसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख तिलक राईका अनुसार यसपटक निकै कडा लकडाउन गरिने बताएका छन् । धरानमा कोरोना भाइरस संक्रमितको संख्या तिब्र वृद्धि हुनथालेपछि लकडाउन कडा गरिने भएको प्रमुख राईले बताए ।

प्रमुख राईले इलाका प्रहरी कार्यालय धरानसँग लकडाउन बारे जानकारी गरिएको बताए । साथै उनले सबै वडाका जनप्रतिनिधिहरुलाई पनि आ–आफ्नो वार्डहरुमा परिचालित हुन निर्देशन दिएका छन् ।

वार्डहरूमा संकास्पद विरामीहरू पाइएमा सबैको स्वाव संकलन गरी पिसिआर टेष्ट गर्ने पनि प्रमुख राईले बताए । पिसिआर टेष्ट गरि कोरोना पोजेटिभ आएमा आइसोलेसनमा राख्ने र थप उपचारको लागि विपि प्रतिष्ठानमा समन्वय गरिने प्रमुख राईले बताए ।

लकडाउन अवधि भर सबै कार्यालयहरु, बजार, पसल, यातायातका साधनहरु, उधोग, कलकारखाना, विद्यालय र सर्वसाधरणलाई आवातजावातमा पुर्ण रूपमा बन्द गर्ने जनाएको छ । साथै औषधी पसल, मेडिकलहरू पुर्णरूपमा खुल्ने जनाएको छ । र विरामीलाई आवस्यक पर्ने भएकोले दूधलाई पनि आफ्नो पसलको अगाडि डेरीमा राखेर बेच्न दिने भएको छ। हरियो सागपात, फलफुलहरू भने पुर्ण रूपमा बन्द गर्ने जनाएको छ ।

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;