
मोरङ। मोरङको बेलबारी नगरपालिका १० भाउन्ने चोक स्थित झापाली होटलबाट नियन्त्रित औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलबारी १ का २४ बर्षीय रोमन राई, पथरीशनिश्चरे ४ का २९ बर्षीय अनुप राई र पथरीशनिश्चरे ४ कै २९ बर्षीय बिशाल राई रहेका छन् ।
बुधबार साँझा ५ बजे हिजो बेलुका ५ बजे प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरी टोलीले झापाली होटलमा बसेका उनिलाई चेकजाँच गर्ने क्रममा प्रमाडोल क्याप्सुल ७०० पिस, स्पास्पेन गोटी ७०० पिस फेला पारेको थियो ।
पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आफ्नो आधिकारी फेसबुक पेज मार्फत जनाएको छ ।