दमकलाई उपमहानगरपालिका बनाउन मन्त्रालयलाई पत्राचार

,   लिम्बुवान न्युज
                       

दमक । झापाको दमक नगरपालिका र कमल गाउँपालिका मिलाएर उपमहानगरपालिका बनाउने प्रस्ताव गरिएको छ । दमक नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गर्दै उपमहानगरपालिकाका लागि प्रस्ताव पेश गरेको हो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बिगतदेखि नै उपमहानगरपालिका बनाउने प्रस्ताव गरिएको उल्लेख गरे । स्थानीय निर्वाचन अगाडी नै दुबै स्थानीय तहलाई मिलाएर उपमहानगर बनाउने प्रस्ताव गरेका छौ, उनले भने, त्यसका लागि थप मन्त्रालयले अध्ययन गर्ने नै छ ।

उनका अनुसार दुबै स्थानीय तह मिल्दा उपमहानगर बनाउनका लागि जनसंख्या पूर्वाधार पर्याप्त रहेको छ । दमक नगरपालिकाको साउन २८ गते बसेको कार्यापालिका बैठकले उपमहानगरपालिका बनाउनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

२०७५ सालमा दमक नगरपालिकाको जनसंख्या ८६ हजार ९ सय १० रहेको र आन्तरिक आय अघिल्लो आर्थिक बर्षमा १२ करोड बढी रहेकाले दाबी गरिएको हो ।

यता कमल गाउँपालिकाले भने उपमहानगरपालिकाको लागि आधिकारिक धारणा सार्वजानिक गरिसकेको छैन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;