लिम्बुवान मञ्चका नेता मादेन उपचारको लागि भारतको कलकता प्रस्थान

 लिम्बुवान न्युज
                       

प्रान्तीय सदस्यहरू बाँयाबाट क्रमशः अमृत मादेन, राम हर्क खम्बू राइ

पथरी, ३ भदौं । संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय सदस्य अमृत मादेन उपचारको लागि आज भारतको कलकता आर्मी अस्पताल प्रस्थान गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको स्थापना काल देखि नै निरन्तर पहिचान र संघीय आन्दोलनमा सकृय ८२ बर्षीय नेता मादेन लामो समय देखि पायल्स रोगबाट ग्रसित हुनु हुन्थ्यो । उनको धरानस्थित विपि मेमोरियरले रिफर गरेसँगै त्यस तर्फ प्रस्थान गरेका हुन् ।

२०औं बर्ष भारतीय आर्मीमा जीवन विताउनु भएका मादेन नेपालमा सबै जातीहरुलाई समावेशी समानुपातिक ढंगबाट प्रतिनिधित्व हुने नयाँ संविधान निर्माण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा लिम्बुवान राज्य पाउनु पर्ने दावी गर्छन् । लिम्बुवान आन्दोलनको क्रममा बढ्दो उमेरमा पनि सक्रिय नेता मादेन केही बर्ष देखि भने अस्वस्थ्य भई घरमै आराम गरिरहेका थिए ।

वहाँको स्वास्थ्य स्थिति बुझ्न मञ्चको जिल्ला कार्य समिति बुधकार वहाँको निवास पथरी पुगेको थियो । भेटको क्रममा मञ्चको मोरङ् जिल्ला कार्य समितिले स्वास्थ्य लाभको कामना गर्दै उपचारको क्रममा भारतको यात्रा सफल रहोस् भन्ने कामना गरेको थियो । उक्त भेटघाटमा मञ्चका प्रान्तीय उपमहासचिव तथा संचार विभाग प्रमुख साथै मोरङ जिल्ला इन्चार्ज दिल कुमार लावती, मोरङ् जिल्ला अध्यक्ष दिलु लिङदेन लावती, जिल्ला सचिव बरुण लाबुङ्, नगर अध्यक्ष चन्द्र पालुङवा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

त्यसरी नै अर्का विरामी नेता मञ्चका प्रान्तीय सदस्य राम हर्क खम्बूलाई समेत उनको निवासमा पुगी भेटगरी जिल्ला समितिले स्वास्थ्य लाभको कामना गरेको छ । पूर्व भारतीय सैनिक खम्बू लामो समय देखि बाथ रोगबाट ग्रसित छन् ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...