विर्तामोड ७ मा लिम्बुवान मञ्चको वडा कमिटी गठन

 लिम्बुवान न्युज
                       

विर्तामोड। झापको बिर्तामोड ७ मा संघीय लिम्बुवान मञ्च, नेपालको वडा कमिटी गठन भएको छ । बिहीबार राजन लिम्बुको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन भएको हो ।

मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को उपस्थितिमा गठित समितिको उपाध्यक्षमा टिका लिम्बु र सचिवमा नविन लिम्बु लगायत १७ सदस्यीय वडा कमिटी गठन गरिएको थियो ।

त्यसैगरी उक्त कार्यक्रमबाट वडा सल्लाहकारमा वीर बहादुर लिम्बु, होम प्रसाद घिमिरे र अभिय गिरीलाई सल्लाहकारमा जिम्मेवारी दिइएको छ ।

उक्त भेलामा दलित मुक्ति मन्च झापा जिल्ला सचिव दिनेश सिवा, भुमिअधिकार मन्च झापा जिल्ला अध्यक्ष मान बहादुर फियाक र लिम्बुवान भोलेन्टियर्स सिनियर के. उप–कमाण्डर बादल राई लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...