‘प्रेम मञ्च नेपाल र अबको यात्रा’ बिषयक जुम मार्फत अन्तरक्रिया कार्यक्रम

 लिम्बुवान न्युज
                       

दमक, ५ भदौं । ‘प्रेस मञ्च नेपाल र अबको यात्रा’ विषयक जुम मार्फत छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

शनिबार प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज कमन देवानको प्रमुख आतिथ्यमा रहेको अन्तरक्रिया कार्यक्रममा प्रेस मञ्च नेपाल केन्द्रीय उपमहासचिवद्धय देबेन्द्र खापुङ र दीपेन्द्र रुम्दाली, १ नम्बर प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य फिपराज बेघाको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य तथा इलाम जिल्ला सल्लाहकार राम योङहाङ, प्रदेश सचिव सुसन राई लगायत मञ्चका प्रदेश सदस्यहरु, प्रदेश नं. १ अन्तर्गत विभिन्न जिल्लाका नेतृत्वहरु र इलाम जिल्लाका पदाधिकारी तथा सदस्यहरुको सहभागि रहेको थियो ।

प्रेस मञ्च नेपालले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता पक्षमा सशक्त आवाज बुलन्द गर्दै, पत्रकारिताबाट निष्पक्ष र सत्यतथ्य सूचना सम्प्रेषण गर्न सदा तत्पर रहने र रहनु पर्ने कार्यक्रमका प्रमुख अतिथि मञ्चका उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज देवानले बताए । उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज देवानका अनुसार अब संगठनलाई सशक्त रुपमा अगाडि बढाउने कार्यक्रमहरु तर्जुमा गरिने छ ।

प्रेस मञ्च नेपाल जिल्ला कार्य समिति इलामको आयोजनामा सम्पन्न जुम छलफल तथा अन्तरक्रिया कार्यक्रम मञ्चका जिल्ला अध्यक्ष ज्ञानु केदेम लिम्बूको अध्यक्षता सम्पन्न भएको थियो भने सचिव काकीराम लाओतीले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;