फक्ताङ्लुङमा किरात धर्मगुरु आश्रम बन्दै

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ । किरात धर्मावलम्बीहरुको महान तिर्थस्थल सेन्छेई फक्ताङलुङ मारुङतेम्बे, पारुम्तेम्बेमा निर्माणाधिन निजी गुरु आश्रम भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

फक्ताङलुङ गाउँपालिका ७ साविक लेलेप गा.वि.स. ९ मा अवस्थित किरातहरुको धार्मिक तिर्थस्थल मारुङतेम्बे, पारुम्तेम्बेमा गुरु निजी आश्रम भवन निर्माण गरिएको हो ।

भदौं पहिलो सातानै सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको सेन्छेई फक्ताङलुङ संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष दीपक ताप्मादेनले बताएका छन् ।

समितिका सल्लाहकार तथा आर्थिक संकलन समन्वयन विभागका संयोजक ज्ञानु फुरुम्बोका अनुसार हालसम्म शुभेच्छुक धर्मावलम्बी महानुभावहरुबाट गत साउन मसान्तसम्ममा आर्थिक सहयोग ६४ लाख १९ हजार ६८५ रुपैयाँ समितिको खातामा संकलन भइसकेको छ ।

यसरी सहयोग प्राप्त भइरहेको भवन निर्माण खर्च अहिलेसम्ममा ४३ लाख २४ हजार ८५ रुपैंयाँ खर्च भइसकेको सल्लाहकार फुरुम्बोले बताए । करिब ८० प्रतिशत भवन निर्माण कार्य सम्पन्न भइसकेको सल्लाहकार फुरुम्बोको भनाई छ ।

सेन्छेई फक्ताङलुङ (कुम्भकर्ण) धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रको रुपमा विकास र विस्तार गर्ने प्रचुर सम्भावना बोकेको धार्मिकस्थल हो । किरात धर्मदर्शन दाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनले किरात समुदायको मुख्य तिर्थस्थलको रुपमा स्थापना गरिदिनु भएको क्षेत्र हो ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;