लिम्बुवानखबर, ७ भदौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार (आज) राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि वृद्धि गरेको हो ।
आयल निगमले डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । जसअनुसार पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार मूल्य समायोजन पछि पनि पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एल.पि.ग्याँसमा प्रति सिलिण्डर ४२०.७५ रुपैयाँ घाटा रहेको निगमले बताएको छ ।