झापाको कमललाई नगरपालिका बनाउन सातदलीय गठबन्धनद्वारा माग

 लिम्बुवान न्युज
                       

कमल, ७ भदौ । दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई समेटेर उपमहानगरपालिका बनाउने प्रस्ताव प्रति कमलका सात दलीय गठबन्धनले आपत्ति जनाएको छ ।

गठबन्धनले कमल आफै नगरपालिका वन्नका लागि आवश्यक मापदण्ड पूरा गरिसकेकाले आफनै अस्तित्वमा नगरपालिका निर्माण गरिनु पर्ने स्पष्ट पारेको छ ।

दमक नगरपालिकाको एकपक्षीय निर्णय, भ्रमपूर्ण, जालसाधीपूर्ण भएको ठहर गर्दै सात दलीय गठबन्धनले त्यस्तो निर्णय कार्यान्वयन नगर्न गाउँपालिकालाई अनुरोध गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

सोमबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, –‘कमल आफै नगरपालिका स्तरन्नतिका लागि सामर्थय रहेकाले त्यसै अनुसार अघि बढ्न गाउँपालिकासहित सबै राजनीतिक दल, आम नागरिक समाजसंग अनुरोध गर्दछौं’ कमलमा सत्तारुढ नेकपा एमाले वाहेकका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बूवान मञ्च, नेपाल, नेकपा एकीकृत (समाजवादी), राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) लगायतका स्थानीय दलीय गठबन्धन निर्माण गरिआएका छन् ।

गठबन्धनले यसअघि नगरपालिकाले उपमहानगरपालिकाको प्रस्तावित निर्णय खारेजी गर्न गाउँपालिकासहित प्रदेश तथा संघीय सरकारसंग अनुरोध गर्ने समेत निर्णय भएको कांग्रेस कमलका सभापति खगेन भण्डारीले बताए ।

यसअघि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपमहानगरपालिकाको प्रस्ताव थाहै नदिई सहअस्तित्वमा रहेको स्थानीय सरकारलाई वेवास्ता गरेको भन्दै उक्त प्रस्तावप्रति असहमति जनाएका थिए ।

विज्ञप्तिः

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...