२०७२ भदौं ७ को घटनाको स्मरण गर्दै टिकापुरमा थरुहट थारुवान संयुक्त मोर्चाको प्रदर्शन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । कैलालीको टिकापुरमा थरुहट–थारुवान संयुक्त मोर्चाले प्लेकार्ड सहित प्रदर्शन गरेको छ । साेमबार थरुहट–थारुवान स्वायत्तता प्राप्तिको आन्दोलनका क्रममा २०७२ साल ७ गतेका दिन भएको टीकापुर घटनालाई थरुहट–थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको हो ।

संयुक्त मोर्चाले जिल्लाको लम्कीचुहा नगरपालिकाको बलिया चोकदेखि भल्का चोकसम्म विरोध ¥यालीसहित विभिन्न प्ले कार्डहरु बोकेर जनप्रदर्शन गरेको थियो । विभिन्न नाराहरु लेखिएको प्ले कार्ड बोकेर सो क्रममा उनीहरुले रेशम चौधरीसहित टीकापुर घटनाका सबै बन्दी निःशर्त रिहाई गर, राज्यका हरेक निकायमा थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गर, थारुहट–थारुवान आन्दोलनका क्रममा उठाइएका मागहरु पूरा गर, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर जस्ता नाराहरु समेत ¥यालीमा लगाएका थिए ।

आजभन्दा ६ बर्ष अघि कैलालीको टीकापुरमा लोकतन्त्रको मुल्य र मान्यतालाई आत्मासाथ गर्दै थारु आदिवासीहरुले थरुहट प्रान्तको माग गर्दै आन्दोलन गर्ने क्रममा हिंसात्मक रुप लिदा नेपाल प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो ।

सरकारले सो घटनामा दोषी ठहर गर्दै सांसद रेशम चौधरीसहितका ११ जनालाई जिल्ला अदालत कैलालीबाट जन्मकैदको फैसला भई हालपनि चौधरीले जेलजीवन बिताइरहेका छन् ।

राज्यपक्षको दमनको विरुद्ध आयोजित जनप्रदर्शनमा विभिन्न जातीय संघसंस्थाका घटकहरुले पनि थारुहट–थारुवान संयुक्त मोर्चाको प्रदर्शनमा समर्थन जनाएका थिए । (फाइल तस्वीर)

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...