पथरीमा घरेलु तथा साना उद्योग प्रवर्द्धन बारे छलफल

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ८ भदौ । नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा घरेलु तथा साना उद्योग प्रवर्द्धन सम्बन्धी कार्यक्रम मंगलबार पथरीशनिश्चरे नगरपालिकामा सम्पन्न भएको छ ।

मुलुकका सातै प्रदेशका ५ पालिकाका दरले अघि बढ्ने प्रवर्द्धानात्मक कार्यक्रम अन्तर्गत १ नं प्रदेशको मोरङ जिल्लामा ३ पालिकामा सम्झौता गरि अवधारणापत्रका बारेमा छलफल अघि बढेको हो ।

गत साउन १५ गते काठमाडौंमा पथरीशनिश्चरे, बेलबारी नगरपालिका र केराबारी गाउँपालिकासित सम्झौता भएको थियो । सोहि सन्दर्भमा महासंघका प्रतिनिधिसित पथरिशनिश्चरे नगरमा स्थापित उद्योग व्यवसायको स्तरोन्नति र नयाँ व्यवसाय सुरुवात गर्ने बारेको अवधारणापत्रमाथि छलफल भएको हो भने सो कार्यक्रम पालिकासँगको सहकार्यमा अघि बढाइने योजना छ ।

कार्यपालिका सदस्यहरूसंगको छलफलमा महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले हाल सञ्चालनमा रहेका उद्योगको प्रवर्द्धन, नयाँ व्यवसायिक योजना निर्माण, परियोजना तयारी र व्यवसाय स्थापनाका लागि व्यवसायिक ज्ञान तथा सहुलियत कर्जाका लागि बैंकहरुसँग समन्वय गर्ने काम महासंघले गर्ने जनाएका थिए ।

सो कार्यक्रमका लागि पथरीशनिश्चरेसहित बेलबारी नगरपालिका र केराबारी गाउँपालिकासित सम्झौता भएको उल्लेख छ । सोही अवसरमा विषयज्ञाता बाबुराम रानाभाटले व्यवसायिकस्थलमै विज्ञ तथा प्राविधिक खटाएर प्रर्वद्धनका लागि आईपर्ने समस्या पत्ता लगाएर प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य र उद्देश्यसमेतको अवधारणापत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै महासंघका केन्द्रीय उद्यम महिला समिति अध्यक्ष शिवा उपाध्यायले महिलाहरु उद्यमी बनेर आत्मनिर्भर बन्नका लागि यसै कार्यक्रमसँग समेत जोड्ने बताइन् । त्यसैगरी केन्द्रीय उपाध्यक्ष मुकेशकुमार उपाध्याय सहितले देशमा घरेलु तथा साना उद्योग प्रवद्र्धन गरी उत्पादन बढाएर निर्यात बढाउने योजनाका बारेमा जानकारी गराएका थिए । छलफलका क्रममा महासंघका जिल्ला अध्यक्ष चेतन निरौला, नगर अध्यक्ष गुरुप्रसाद दहाल सहितका अगुवा त्यसक्षेत्रका उद्यमीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल लगायतले नगरमा उद्योग व्यवसाय प्रवर्द्धनको कार्यक्रमले नगरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने औल्याएका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...