आयोगले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई दियो दलको मान्यता

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । नेकपा एमालेबाट अलग भई नयाँ पार्टी दर्ता गरेका माधव नेपालको समूहलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । नेपाल नेतृत्वले गनठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले दलको मान्यता पाएको हो ।

नेकपा एमालेमा २ कार्यकाल महासचिव भएका एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई आयोगले बुधबार दल दर्ताको प्रमाणपत्र दिएको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश संसोधन गर्दै संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउने अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् भने केन्द्रीय सदस्य भास्कर काफ्ले र रविन कोइराला सनाखतका लागि निर्वाचन आयोगमा उपस्थिति भएका थिएनन् ।

एमाले केन्द्रीय कमिटी २०३ जनामा हाल १९१ जना बहाल भएको हुँदा सोही बमोजिम दल दर्तागर्न केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको नेता राजेन्द्र पाण्डेले बताए । त्यसमध्ये ५६ जना उपस्थित भएर सनाखत ग¥यौं, ‘नेता पाण्डेले भने, ‘त्यसअनुसार निर्वाचन आयोगले हामीलाई दलको प्रमाणपत्र दिएको छ ।’

यस्तै ३० जना संघीय संसदले नेकपा एकीकृत समाजवादी रोजेको नेता पाण्डेले जानकारी दिए । आयोगको अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।

२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित एमालेमा माधवकुमार नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो । यद्यपी यो समूहमा रहेका १० स्थायी कमिटीसहित केही केन्द्रीय सदस्य र संघीय संसदको एउटा पक्ष भने संस्थापन पक्ष मै रहने भएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;