अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बम बिस्फोट ६० जनाको मृत्यु

,   लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

एजेन्सी । अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अन्तराष्ट्रिय सञ्चार संस्था बीबीसीका अनुसार विस्फोटमा परी मृत्यु हुनेमा १३ जना अमेरिकी नागरिक समेत रहेका छन् ।

अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई नै लक्षित गरी विस्फोट गराइएको बताइएको छ ।

उनीहरुलाई अमेरिकाले ल्याएको हवाईजहाज मार्फत अफगानिस्तान छोड्न लागेका थिए ।ं

यसअघि नै अमेरिका र बेलायतले कावुलस्थित विमानस्थलमा आतंकावादी हमला हुनसक्ने भन्दै चेतावनी जारी गरेका थिए । (एजेन्सीको सहयोगमा)

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;