प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त, भदौं २४ देखि जिम्मेवारी सम्हाल्ने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ११ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । शर्माको नियुक्ति भदौं २४ गतेबाट लागू हुने गरि नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम प्रधानसेनापतिमा नियुक्त गरिएको जनाएको छ ।

भदौं ३ गतेको मन्त्रीपरिषद् बैठकको सिफारिसमा शर्मालाई प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी शर्मालाई सोही सिफारिस अनुसार राष्ट्रपति भण्डारीले प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको पदावधि भदौं २४ गते समाप्त हुँदैछ । पवाधी समाप्त हुन एक महिना अघि नै प्रधानसेनापछि घरविदामा बस्ने हुनाले जेष्ठटाका आधारमा शर्मा कायममुकायम प्रधानसेनापति तोकिएका थिए ।

तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएका थिए ।

 

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;