प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त, भदौं २४ देखि जिम्मेवारी सम्हाल्ने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ११ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । शर्माको नियुक्ति भदौं २४ गतेबाट लागू हुने गरि नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम प्रधानसेनापतिमा नियुक्त गरिएको जनाएको छ ।

भदौं ३ गतेको मन्त्रीपरिषद् बैठकको सिफारिसमा शर्मालाई प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी शर्मालाई सोही सिफारिस अनुसार राष्ट्रपति भण्डारीले प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको पदावधि भदौं २४ गते समाप्त हुँदैछ । पवाधी समाप्त हुन एक महिना अघि नै प्रधानसेनापछि घरविदामा बस्ने हुनाले जेष्ठटाका आधारमा शर्मा कायममुकायम प्रधानसेनापति तोकिएका थिए ।

तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएका थिए ।

 

सम्बन्धित समाचार

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...