मेची सहकारीको रक्तदान कार्यक्रममा ८२ पिन्ट रगत संकलन

 लिम्बुवान न्युज
                       

दमक, ११ भदौ । दमककै सबैभन्दा धेरै आर्थिक कारोबार गर्ने सहकारी संस्थाले शुक्रवार आयोजना गरेको खुल्ला रक्तदानमा ८२ पिन्ट रगत संकलन भएको छ । दमक ६ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ बार्षिकोत्सव तथा २७ औं साधारणसभाका अवसर पारेर आयोजना गरिएको खुला रक्तदानमा २४ महिलासहित ८२ जनाले रगतदान गरेको हो ।

रक्तदान कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली लगायत सहकारीका सदस्य, कर्मचारी तथा सर्वसाधारणले सहभागी रहेको थियो । रक्तदाताहरुलाई प्रदेश सांसद अर्जुन राईले प्रशंसापत्र वितरण गरेका थिए ।

रक्तदान नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोग भएको थियो । कोरोना महामारीका समयमा विरामीलाई अभाव हुन नदिन रक्तदान गरिएको व्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए । संस्थाले महामारीका वीच स्वास्थ्य सावधानी अपनाउदै बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।

यसैवीच संस्थाले भोलिदेखि छैठौ कार्यकालका लागि सञ्चालक समितिको निर्वाचन कार्यक्रम शुरु भएको जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...