नेकपा एमालेले निष्कासन गरेका १४ सांसदको पद कायमै रहने

 लिम्बुवान न्युज
                       

?

लिम्बुवानखबर । नेकपा एमालेका १४ सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा निष्कासन गरी कारबाही गरेका पद कायमै रहने भएको छ । एमालेले उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराएपनि सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएको हुँदा कारवाही गर्नु पर्ने निर्णय गरेको हो ।

संसद सचिवालय स्रोतका अनुसार निर्वाचन आयोगमा छुट्ट दल दर्ता भई आएको हुँदा संसदहरुलाई कारबाही गर्नुपर्ने अवस्था नदेखिएको जनाएका छन् ।

तत्कालिन नेकपा एमाले सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेर संसद सचिवालयमा भदौ १ गते एमालेले जानकारी गराएको थियो । सो पत्रको निर्णय गर्न सचिवालयले ढिलाई गर्दै आएको थियो ।

एमालेले बरिष्ठ नेता माधवकुमार नेपाल सहित मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई ह्वीप उल्लंघनको आरोप लगाई संसदबाट कारबाही गरेको थियो ।

यसबीचमा निर्वाचन आयोगमा माधवकुमार नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरी आयोगले दलको प्रमाणपत्र समेत दिई सकेको हुँदा ती सांसदहरु नयाँ दलमा रहेको हुँदा संसद सचिवालयले कारबाही गर्न नपर्ने जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...