संचारकर्मी नेम्बाङको निर्देशनमा बनेको म्युजिक भिडियो ‘सम्बन्ध यूट्युवमा सार्वजनिक
आइतबार, १३ भदौ, २०७८ रातीको ०८:३६ बजे,
लिम्बुवान न्युज
लिम्बुवानखबर/ सञ्चारकर्मी देशराज नेम्बाङले निर्देशन गरेको म्युजिक भिडियो ‘सम्बन्ध सार्वजनिक भएको छ ।
समदर्शी टिभी युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको म्युजिक भिडियोमा सुरज जबेगु, मिना नेम्बाङ र शैलेश लिम्बूको अभिनय हेर्न सकिन्छ । निर्देशक नेम्बाङ आफैले छायाङ्कन गरेको यस म्युजिक भिडियोको सम्पादन सुरज जबेगुले गरेका हुन् ।
सुरज जबेगुको शब्द, संगीत र मिक्स एण्ड मास्टरिङमा तयार भएको गीत काव्य रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो । गीतमा मुनाल स्टुडियो टिमको स्वर रहेको छ ।
इलाम र झापाका विभिन्न ठाउँमा छायाङकन गरिएको भिडियोमा वैदेशिक रोजगारका कारण परिवारमा आएको सामाजिक विचलनको कथा प्रस्तुत गरिएको छ ।
समदर्शी टिभीको प्रस्तुती एवं मुनाल प्रोडक्सनको निर्माणमा बनेकोे भिडियो समदर्शी टिभी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...