नवगठित नेकपा समाजवादीका नेता झलनाथ खनाल स्वदेश फर्किए

 लिम्बुवान न्युज
                       

काठमाडौं, १४ भदौ । भर्खरै बनेको नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् । आइतबार उनी मिर्गौला प्रत्यारोपण गराएर भारतबाट स्वदेश फर्किएका हुन् ।

नेता खनाललाई स्वागत गर्न अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विमानस्थल पुगेका थिए ।

विमानस्थलमा पत्रकारहरुसँग उनले भने एमाले दक्षिणपन्थी भासमा भासिएको र अब विसर्जन हुने दाबी गरे । उनले भने –“अब नयाँ बनेको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टी नयाँ ढंगबाट अघि बढ्ने छ ।” उनले आफूहरुले सबैलाई क्रान्तिकारी बाटोबाट अघि बढ्न पनि आग्रह गरेको बताए ।

नेता खनालको तर्फबाट प्रमेश हमालले जारी गरेको वक्तव्य वाचन गरेका थिए । नेता खनाल अढाई महिनाअघि उपचारको लागि भारतको नयाँ दिल्ली गएका थिए ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;