नेपाली कांग्रेस झापाको वडा अधिवेशन एक दिन पछि धकेलियो

 लिम्बुवान न्युज
                       

झापा, १५ भदौ । आन्तरिक व्यवस्थापनमा समय अभाव भएको कारण देखाउँदै नेपाली कांग्रेसले झापामा वडा अधिवेशन एक दिन पछि धकेलिएको छ ।

नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाइँले आजको कांग्रेस बैठकले गाउँ गाउँमा चुनावको व्यवस्थापनमा थप समय चाहिएको हुँदा भदौ १९ गते सो अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । पूर्व निर्धारित तिथि अनुसार भदौ १८ गते वडा अधिवेशन हुनुपर्ने हो ।

प्रचार विभाग प्रमुख हुमागाईका अनुसार प्राविधिक समस्याका कारण भदौ १८ गते मतदान केन्द्र निर्माणको काम सुरु हुने समेत बताए । अन्य व्यवस्थापनको सबै काम समेत सम्पन्न भईसकेको उनले बताए ।

केन्द्रबाट खटिएर आएका निर्वाचन अधिकृत सुबोधबाबु चिलवालको प्रमुख आतिथ्य र जिल्ला सभापति उद्वव थापाको सभापतित्वमा आज विर्तामोडमा कांग्रेसको जिल्ला विस्तारित बैठक बसेको थियो । सोही बैठकले १८ गतेको वडाअधिवेशन एक दिन पछि सरेको निर्णय भएको हो ।

नेपाली कांग्रेस झापाको निर्वाचनमा डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन र नेपाल शिक्षक संघ आबद्ध पदाधिकारी–सदस्यहरुलाई निर्वाचन–मतदान अधिकृतको रुपमा केन्द्रीय निर्देशन अनुरुप खटाइने भएको छ ।

निर्वाचन समितिले झापाको १३१ वडाकै मतदान केन्द्रका लागि अधिकृत समेत तोकिसकेको जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...