दमकमा पुर्ण लकडाउन अवधिको ब्याज छुट र ताकेता नगर्न ब्यवसायीहरुको बित्तिय संस्थाहरुसँग माग

 लिम्बुवान न्युज
                       

दमक/ कोरोना संक्रमण र यसलाई रोक्न लगाइएको निषेधाज्ञाका कारण उद्योगी व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको भन्दै दमक उद्योग वाणिज्य संघले सहकारी तथा वित्तिय संस्थाका साझा संस्थाहरुको ध्यानाकर्षण गराएका छन् ।

दमक उद्योग वाणिज्य संघले दमकमा सञ्चालित कतिपय बैंक तथा सहकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसंग सो बिषयमा प्रतिनिधिमुलक छलफल गरेर ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

संघका अध्यक्ष गोकुल श्रेष्ठको नेतृत्वमा संघको टोलीले व्यवसायीहरुका विभिन्न तीन बुँदे माग समेटिएको ध्यानाकर्षण पत्र बुझाइएको संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँले जानकारी दिएका छन् ।

संघले बुझाएको ध्यानाकर्षण पत्रमा लकडाउन अर्थात पूर्ण निषेधाज्ञा अवधिभरको ब्याज छुट गर्न, बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायिक क्षेत्रमा गरेको ऋण लगानीको साँवा तथा ब्याजका लागि पूर्ण रुपमा निषेधाज्ञा हटेको तीन महिना सम्म ताकेता नगर्न, यस अघि लगानी भएको ऋणमा २० देखि २५ प्रतिशत सम्म ऋण सोही धितोमा थप गर्ने व्यवस्था मिलाउन आग्रह छ ।

संघका तर्फबाट सो ज्ञापन पत्र जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम प्रसाद कोइराला र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेलाई हस्तान्तरण गरिएको वरिष्ठ उपाध्यक्ष गुरागाइँले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...