दमकमा पुर्ण लकडाउन अवधिको ब्याज छुट र ताकेता नगर्न ब्यवसायीहरुको बित्तिय संस्थाहरुसँग माग

 लिम्बुवान न्युज
                       

दमक/ कोरोना संक्रमण र यसलाई रोक्न लगाइएको निषेधाज्ञाका कारण उद्योगी व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको भन्दै दमक उद्योग वाणिज्य संघले सहकारी तथा वित्तिय संस्थाका साझा संस्थाहरुको ध्यानाकर्षण गराएका छन् ।

दमक उद्योग वाणिज्य संघले दमकमा सञ्चालित कतिपय बैंक तथा सहकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसंग सो बिषयमा प्रतिनिधिमुलक छलफल गरेर ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

संघका अध्यक्ष गोकुल श्रेष्ठको नेतृत्वमा संघको टोलीले व्यवसायीहरुका विभिन्न तीन बुँदे माग समेटिएको ध्यानाकर्षण पत्र बुझाइएको संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँले जानकारी दिएका छन् ।

संघले बुझाएको ध्यानाकर्षण पत्रमा लकडाउन अर्थात पूर्ण निषेधाज्ञा अवधिभरको ब्याज छुट गर्न, बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायिक क्षेत्रमा गरेको ऋण लगानीको साँवा तथा ब्याजका लागि पूर्ण रुपमा निषेधाज्ञा हटेको तीन महिना सम्म ताकेता नगर्न, यस अघि लगानी भएको ऋणमा २० देखि २५ प्रतिशत सम्म ऋण सोही धितोमा थप गर्ने व्यवस्था मिलाउन आग्रह छ ।

संघका तर्फबाट सो ज्ञापन पत्र जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम प्रसाद कोइराला र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेलाई हस्तान्तरण गरिएको वरिष्ठ उपाध्यक्ष गुरागाइँले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...