१० प्रदेश सांसदले एमाले परित्याग गर्दै एकीकृत समाजवादी रोजे

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १६ भदौं । प्रदेश नं. १ का १० जना प्रदेश सांसदले नेकपा एमाले परित्याग गरेका छन् । बुधबार परित्याग गरेका १० प्रदेश सांसदहरुले एकीकृत समाजवादीमा आफूलाई सनाखत गरेका छन् ।

प्रदेश सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले बुधबार निर्वाचन आयोगको विराटनगरस्थित प्रदेश १ कार्यालयमा पुगेर आफूलाई नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

यससँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा परेको छ । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य यही भदौ १० गते प्रदेश एकको मुख्यमन्त्री नियुक्त भएका थिए । अब उनले संसदबाट विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्री आचार्यसँगै सिंगो एमाले पार्टी पंक्तीले उनीहरुलाई माधव नेपालको पार्टीमा जानबाट रोक्न एक सातादेखि प्रयास गरेका थिए । प्रदेशसभामा एमालेको एकल बहुमत कायम राख्नकै लागि मुख्यमन्त्री परिवर्तन समेत गरियो तर बहुमत जोगाउन नसक्ने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री आचार्यले पार्टीभित्र र बाहिर समेत आलोचना खेप्नु परेको छ ।

त्यसो त, मंगलबार प्रदेश एक सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा आचार्यले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएका थिए । ‘यसमा (मुख्यमन्त्रीमा) मेरो कुनै इच्छा पछिल्लो पटक थिएन, अहिले पनि खासै छैन । मैले पाँच वर्ष अघि इच्छा गरेको थिएँ । त्यसका लागि काम गर्ने निश्चित मिसन थियो’ उनले कार्यक्रममा भनेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद रहेकामा १० जना नेकपा समाजवादीमा गएपछि अब ४१ सांसद मात्रै भएका छन् । प्रदेश एकमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३ र राप्रपाका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ जना सांसद रहेका छन् ।

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

;