मोरङको कानेपोखरीमा पेस्तोल सहित दुई जना पक्राउ

 लिम्बुवान न्युज
                       

तस्वीरः १ न. प्रदेश प्रहरी कार्यालय विराटनगर

पथरी,१६ भदौ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मोरङको कानेपोखरी ६ शिवालय चोकबाट पेस्तोलसहित दुई जनालाई मंगलबार राति पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले राति ११.१५ बजेतिर ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार क्षेत्रीले आफ्नै घरभित्र लुकाइछिपाई राखेको अवस्थामा पेस्तोल फेला परेको थियो ।

घरभित्रै पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली पुगेको थियो । पौडेलले घरमा छापा मार्ने क्रममा मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको जानकारी दिए । क्षेत्रीले दिएको बयानका आधारमा प्रहरीले स्थानीय ३० वर्षीय पूर्णबहादुर बोहोरालाई पनि बिहानका राति १ बजेतिर पक्राउ गरेको छ । तर हतियारसँग जोडिएको क्षेत्री र बोहोराबीचको सम्बन्धका बारेमा भने प्रहरीले केही खुलाएको छैन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पक्राउ गरिएका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको बताए । उनका अनुसार हतियार कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने बारेमा अनुसन्धानपछि मात्रै थप खुल्ने छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...